साहित्य / विविध / फिचर

आर्यघाटको किनारबाट मृत्युको सपना !

885 पटक पढिएको

समीर दुवाडी | 9th Feb 2019, Saturday | २०७५ माघ २६, शनिबार १०:३४
जीवनको अन्तिम श्वास फेर्न बिर्सिएको दिन
 
म चिर निन्द्रामा विश्राम गरिरहेको हुनेछु 
 
मेरै छेउमा बसेर गहभरि आँशु लिएर 
 
सुफियानाले हाल्ने सुनपानी नै अन्तिम प्राण हुनेछ 
 
जब मलाई मृत्यु घोषित गरिसकेपछि 
 
तुलसी मोठको छेवैमा विस्तारा लगाइन्छ
 
विचरा मेरो सानो छोरा आँशुसँगै निदाएको बालाई हेरिरहने छ 
 
अनि मेरी सानी छोरी बाबा जान्छु भन्दै झगडा गरिरहने छे
 
तर म लेख्न सक्दिन माफ गर्नुहोला 
 
मेरो मृत्युमा आमाको चित्कार, बाबुको पीडा
 
र, दिदीको वेदना कति हुनेछ भनेर 
 
बरु म लेख्न सक्छु म मर्दा खुशी हुनेहरुका लागि
 
आफ्नै भाइ सबैभन्दा खुशी हुनेछ
 
अंश एक्लै खान पाउँछु भनेर 
 
प्रगतिमा डाहा गर्ने आफन्त खुशी हुनेछन् 
 
अब म¥यो प्रगति देख्न पर्दैन भनेर 
 
मेरै बारीको सधियार खुशी हुनेछन् 
 
अब त म¥यो साँध चेप्न पाइन्छ भनेर 
 
ब्याज तिर्ने समय आउँदा ऋणी खुशी हुनेछन् 
 
अब त साहु नै तिर्नु परेन भनेर
 
बाँचेको जिन्दगीभरि म व्यस्त हुँदा रिस गर्ने छिमेकी
 
आज मृत्युपश्चात् विश्राममा पनि रिस गरिरहने छन् 
 
कति हतार भएका मलाई चितामा जलाउन ?
 
कति डाहा गर्छौ मेरो चिर निन्द्रामा ? 
 
कति हल्लाखल्ला गरिरहेछौ मेरै मलामी जाँदा ? 
 
ए मेरा बैरीहरु हो ! एकछिन त चुप लाग् ।
 
म आर्यघाटको किनारमा बसेर मेरै मृत्युको सपना देखिरहेछु । 
 
र, लेखिरहेको छु आफ्नै मृत्युको कविता ।