मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

लोकप्रिय गायक प्रकाश ढकाल र गायिका श्रीदेवी देवकोटाको ”बरको छाँयाले” सार्बजनिक

लोकप्रिय गायक प्रकाश ढकाल र गायिका श्रीदेवी देवकोटाको ”बरको छाँयाले” सार्बजनिक


आर पोखरेल , काठमान्डौँ , चैत्र २
नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका चर्चित तथा लोकप्रिय गायक प्रकाश ढकाल र गायिका श्रीदेवी देवकोटाको  सुमधुर आवाजले सजिएको कमेडी गीत “बरको छायाले” भर्खरै सार्वजनिक भएको छ । गायक प्रकाशले अन्य माया प्रितिका गीतहरु बजारमा ल्याईरहंदा कमेडी गीत बजारमा आउनुलाई आम दर्शक तथा श्रोताले गायकलाई निकै रुचाएका छन् । गीतमा शब्द तथा संगित प्रकाश ढकालको रहेको छ । प्रस्तुत गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ , त्यतिनै उत्कृष्ट भिडियो बनेको छ । 

 

भिडियो मा चर्चित मोडल तथा निर्देशक काजिश श्रेष्ठ र करिष्मा ढकाल र सरापे को अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशन तयार भएको यस गीतको भिडियोलाई छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् । दिपक विष्टको सम्पादन रहेको गीतको अडियो तथा भिडियोलाई गोरखा चौतारी म्युजिकले आफ्नै युटुब चयानल बाट सार्बजनिक गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।