मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

किन भए अर्थमन्त्री डा खतिवडाप्रति शेयर लगानीकर्ता शंसकित

किन भए अर्थमन्त्री डा खतिवडाप्रति शेयर लगानीकर्ता शंसकित


  • दीर्घकालमा इमान्दारीताका साथ धनी बनाउने बाटो भनेको सेयर बजार नै हो
  • खतिवडाले सेयर बजारका विषयमा सकारात्मक धारणासँगै नीति नल्याउन्जेल लगानीकर्ताले उनलाई विश्वास गर्दैनन्
  • सरकारको ढुकुटी रित्याउने योजनामा महतले हस्ताक्षर गरेनन् भने  खतिवडाले पनि गर्नेवाला छैनन्
 
 
सेयर बजार भविष्यप्रतिको आशा हो । सरकार, समाज र नीतिप्रतिको विश्वास हो । भविष्यप्रति सकारात्मक भए सेयरको भाउ बढ्छ । भविष्यप्रति निराशा भए सेयरको मूल्य घट्छ । अहिले नेपालको सेयर बजारमा लगानीकर्ताले सरकार गठनसँगै भविष्यप्रति निराशा देखाएका छन् ।
 
प्रधानमन्त्रीमा केपी ओली नियुक्त भएकै दिनमा सेयरको मूल्य बढेको थियो । तर त्यसअघिर पछि सेयरको भाउ घटेको छ । यसको सिधा अर्थ हो सेयरका लगानीकर्ता सरकारसँग डराएका छन् । बजार दिनदिनै ओरालो लाग्दा वाम गठबन्धनको सरकारप्रति लगानीकर्ताको अविश्वास बढ्दो छ । अझ अर्थमन्त्री डा युवराज खतिवडाप्रति लगानीकर्ता शंसकित भएका छन् ।
 
विगतदेखि नै राष्ट बैंकका क्याडर खतिवडा सेयर बजारप्रति नकारात्मक भएकोले लगानीकर्ताले उनलाई समेत पूर्ण विश्वास गरेनन् । खतिवडालाई बजारको फन्डामेन्टलको ज्ञान भएकोले अरूसँग जस्तै उनीसँग लगानीकर्ता डराउनुपर्ने कारण छैन । तर वाम गठबन्धनको सरकारसँग भने लगानीकर्ता विगतदेखि नै तर्सेका छन् । सरकारले विश्वास नदिलाए सम्म तर्सिरहन्छन् ।
 
सेयर बजार भविष्यप्रतिको आशा र विश्वास हो । सरकार स्थिर रहने सम्भावना एमाले र माओवादीको एकता  गर्ने सहमतिले देखाएको छ । यसकारण सेयर बजारका लगानीकर्ता सकारात्मक हुन आवश्यक छ । सरकारले अनावश्यक रूपमा खर्च गर्ला र अर्थतन्त्र नै संकटमा पार्ला की भन्ने अर्को शंका लगानीकर्तामा छ । विगतमा कम्युनिस्टका सरकारले ढुकुटी बलियो बनाउने भन्दा खाली गराउने काम गरेकोले पनि यस्तो शंका जायज छ । तर अहिले एक अर्थशास्त्री अर्थमन्त्री छन् । डा रामशरण महत भन्दा खतिवडा कुनै हिसाबले पनि कमजोर छैनन् । सरकारको ढुकुटी रित्याउने योजनामा महतले हस्ताक्षर गरेनन भने खतिवडाले पनि गर्नेवाला छैनन् ।
 
 यसकारण महतलाई जति नै खतिवडालाई लगानीकर्ताले विश्वास गर्दा फरक पर्ने देखिँदैन । बरु खतिवडा अर्थमन्त्रीको पदमा बस्दैनन् तर देश र अर्थतन्त्र ववार्द पार्न दिँदैनन् यसमा ढुक्क भए हुन्छ । यो स्तम्भकार पनि कम्यूनिष्ट विचारधारासंग असहमत हुँदा हुँदै पनि खतिवडालाई भने विश्वास गर्दछ । त्यस कारण लगानीकर्ताले खतिवडालाई अविश्वास गर्नुपर्ने अवस्था देखिँदैन जबसम्म उनी अर्थमन्त्रीको पदमा रहन्छन् ।
 
अर्थमन्त्री खतिवडा पनि कुनै विषयमा नकारात्मक भएको देखिन मिल्दैन । सेयर बजारलाई उनले अनुत्पादक क्षेत्र भन्न सूहाउंदैन । उनले नबूझेर यसो भनेका होइनन् । खतिवडाले विगतदेखि नै सेयर बजारप्रति नकारात्मक धारणा राखेकोले अहिले लगानीकर्ता उनीसँग तर्सिएका हुन । उनले भन्न सक्नुपर्छ सेयर बजारलाई अनावश्यक रूपमा तलमाथि गर्ने नीति ल्याउने छैन । यसले बजारमा लगानीकर्ताप्रति विश्वास जगाउने छ । खतिवडाले सेयर बजारका विषयमा सकारात्मक धारणासँगै नीति नल्याउन्जेल लगानीकर्ताले उनलाई विश्वास गर्दैनन् ।
 
अर्कोतर्फ सेयरको भाउ घटा नयाँले किन्ने अवसर पाउँछन् । सेयरको भाउ घट्दा नकारात्मक मात्रै असर पर्दैन । थप किन्न सक्ने हो भने यसले अरू फाइदा दिन्छ । तर पनि नेपाली समाजमा सेयरमा गरेको लगानीलाई लगानी नमान्नेहरु धेरै छन् । कति सम्म भने १० औँ वर्ष आर्थिक पत्रकारिता गरेका पत्रकार समेत आफैँले लगानी नगरे सम्म सेयर बजारलाई सकारात्मक रूपमा लिँदैनन् । राष्ट बैंकमा सेयरमा लगानी गर्नेहरु देखिन चाहँदैनन् । 
 
सेयरमा लगानी नगर्नेले यसलाई बजार नै मान्दैनन् । नेता र समाजका अन्य क्षेत्रले सेयर बजारलाई लगानी मान्दै मान्दैनन् । मैले सेयरमा लगानी गरेको थाहा पाउने केही पत्रकारले मलाई धेरै नकारात्मक रूपमा देखाउने प्रयास गरे । पत्रकारले घर, जग्गा, सुन र कार किन्न हुने कम्पनीको सेयर (स्टक) किन्न नहुने भन्न मिल्दैन । पत्रकारले खुलेर सेयरमा लगानी गर्दा हुन्छ यो कुनै क्यासिनो होइन भन्ने मेरो मान्यता छ ।
 
पत्रकारले समाचार लेखेर कुनै कम्पनीको सेयर मूल्य घटाउन र बढाउन सक्छ भन्ने एक भ्रम मात्रै हो । एउटा न्यूजका आधारमा वास्तविकता नबुझि खल्तीको पैसा लगानी गरेर कसैले सेयर किन्दैन । त्यस कारण पत्रकारले म्यानूपुलेट गर्न सक्ने भएकोले लगानी गर्नु हुँदैन भन्ने तर्कसँग सहमत हुन सकिँदैन ।
 
दीर्घकालमा इमान्दारीताका साथ धनी बनाउने बाटो भनेको सेयर बजार नै हो । रातारात धनी भने यो बजारले बनाउँदैन । केही वर्ष त पर्खनै पर्छ ।