मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

ट्याक्स फाइल कसरी गर्ने ? (भिडियो अन्तरबार्ता सहित)

ट्याक्स फाइल कसरी गर्ने ? (भिडियो अन्तरबार्ता सहित)


अमेरिका- यो अमेरिकामा ट्याक्स फाइल अर्थात आम्दानी विवरण सरकारलाई वुझाउने समय हो । एउटा मान्यता छ–कर र मृत्युले मानिसलाई कहिल्लै छाड्दैन । 
 
अमेरिकाका सन्दर्भमा राजस्व प्रशासन आईआरएस झमेला कहिल्लै पछी नलागोस् भनिन्छ । अमेरिकामा नागरिकता, ग्रीनकार्ड वा यहाँ आम्दानी गरी कमाउने विद्यार्थी लगायत सवैले अप्रिल १७ सम्म ट्याक्स फाइल गरिसक्नु पर्छ । यो नागरिक दायित्व हो ।
 
ट्याक्स फाइल कसरी गर्ने ?
अमेरिका टेक्ससमा बसेर व्यक्तिगत र व्यवसायलाई कर लगायत विभिन्न प्रकारका वित्तीय सेवा प्रदान गर्दै आएका सीपीए भिम कार्की भन्छन्–ट्याक्स फाइल ८० प्रतिशत योजना हो बाँकी २० प्रतिशत मात्र फाइल अर्थात फारम भर्ने कार्य हो भन्ने वुझ्नु पर्छ ।
 
अमेरिकामा बार्षिक ६ हजार तीनसय डलर भन्दा कम आम्दानी छ, भने ट्याक्स नभर्दा पनि हुन्छ तर, तिरेको कर फिर्ता आउने भएकाले कम आम्दानी भएको अवस्थामा पनि ट्याक्स फाइल गर्नु राम्रो हुने कार्कीको सुझाव छ ।
 
ट्याक्स फाइल कसरी गर्ने भन्ने सन्दर्भमा कार्की भन्छन् समान्य डब्लुटु फारम प्राप्त भएको छ, थप जटिलताहरु छैनन, कम्प्यूटर चलाउन समस्या छैन भने आफैंले अमेरिकी आन्तरिक कर प्रशासन आईआरएसमा राखिएका टर्बो ट्याक्स जस्ता निशुल्क वेभसाइटमा गएर ट्याक्स फाइल गर्दा हुन्छ ।
 
तर, आम्दानी र खर्चमा जटिलता छन् भने कर विज्ञको सेवा लिनु उपयुक्त हुने कार्कीको सुझाव छ । गल्ती भएन भने केही छैन तर, प्राय दुई थरीका गल्ति हुन्छन जसले गर्दा पाउनुपर्ने रिफण्ड पाइँदैन वा पाउन पर्ने भन्दा बढी सुविधा लिइन्छ यी दुवै अवस्थामा वेफाइदा हुन्छ, कार्कीले भने ।
 
सामान्य अवस्थामा आफैंले अनलाइन मार्फत ट्याक्स फाइल गर्नु र विज्ञको सेवा लिँदा पनि रिजल्ट एउटै हो, कार्कीले भने–तर, एउटाभन्दा बढी राज्यमा आम्दानी भएको छ, सम्पत्ति, व्यवसाय लगायतवाट आम्दानी वा खर्च भएको छ भने ट्याक्स फाइल गर्दा विज्ञको सल्लाह लिनु फाइदाजनक हुने छ । 
 
ट्क्यास फाइल शूरु कसरी गर्ने ?
कार्की भन्छन्–ट्याक्स फाइल गर्दा पहिले आफ्ना सबै कागजात र विवरण पहिले एकै स्थानमा जम्मा गरेर योजना बनाउनु उपयुक्त हुन्छ । त्यसपछि विश्वासिलो वेभसाइटमा गएर अनलाइन फारम भर्दा सजिलो हुन्छ, विवरणहरु छुट्टदैनन, यसैलाई मैले ८० प्रतिशत प्लानिङ अर्थात योजना र २० प्रतिशत फाइल अर्थात भर्ने कार्यहो भनेर अर्थ्याएको हुँ । 
 
आफ्नो आम्दानी र खर्च ठिकसँग फारममा भरिएन भने फिर्ता पाउनुपर्ने रकम रिफाण्ड नपाउन सकिन्छ । गलत भर्दा बढी आयो भनेपनि पछि झमेलामा पर्न सकिन्छ । कार्कीले भने–त्यसैले ट्याक्स फाइल हतारमा होइन राम्रोसँग प्रकृया पुर्याएर गर्नुपर्छ । आईआरएसले ट्क्यास फाइल गर्नेको विवरण भिडाउँछ त्यो मिलेन भने गडबडी देखियो भने जरिवाना तथा शूल्क तिराउन सक्छ, अडिट गर्न सक्छ, कार्कीले भने । 
 
कर बढी फिर्ता आउने नआउने भर्ने व्यक्तिका आधारमा पनि हुन्छ भन्ने हल्ला पनि सुनिन्छ ? गरिन्छ । कार्की भन्छन्–त्यो होइन अमेरिकामा ट्क्यास कोडहरु धेरै छन् । एउटा व्यक्तिलाई लागेको नियम अर्कोको सन्दर्भमा नमिल्न सक्छ, तर, सही रुपमा ट्याक्स फाइल गर्दा रिजल्ट भने सधै एउटै आउँछ जसले भरेपनि त्यही हो फरक पर्दैन उनले भने । 
 
करभार कसरी कम गर्ने यो व्यवस्थापन गर्नु गैरकानुनी होइन कार्कीले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भनेका छन्–मैले जति तिर्नु पर्ने हो । त्यति मात्र तिर्छु तर, नियमभन्दा बाहिर गएर कम गर्न खोज्ने हुँदैन । गलत रुपमा अहिले फाइदा लिँदा भविष्यमा समस्या वा झमेला आउन सक्छ । 
 
आम्दानी, बालबच्चा, सम्पत्ति किनबेच, १०९९ फारम, बैंकवाट प्राप्त ब्याजदर, बिमा छुट १०९५ फारम जस्ता पक्ष ट्याक्स फाइल गर्दा छुटाउनु हुदैँन कार्कीले भने–सम्पत्ति किन्दा भन्दा बिक्री गर्दा जटिलता आउँछ क्यापिटल गेन अर्थात पुँजी अभिबृद्धि कर लाग्छ  । घर विक्री गरेको छ, भने त्यहाँ हुने आम्दानीमा क्यापिटल गेन ट्याक्स लाग्छ । अवस्था हेरेर गाडी किन्दा तिरेको विक्री करपनि ट्क्यास विवरणमा खर्च देखाउन पाइन्छ ।  
 
अमेरिकाको कर व्यवस्थामा आर्थिक रुपले संघर्ष गरिरहेको छ । काम गरिरहेको छ बालबच्चापनि हुर्काउन परेको करदातालाई आफुले तिरेको भन्दा बढी सरकारले सहयोग दिन्छ कार्कीले भने ।
 
विवाहित छ भने श्रीमान श्रीमतीले संयुक्त रुपमा ट्क्यास फाइल गर्दा राम्रो हुन्छ । विद्यार्थीले कलेज वा कतै काम गरेर वा स्कलरसिप प्राप्त भएको छ भनेपनि ट्याक्स फाइल गर्नु राम्रो हुन्छ । 
 
गत बर्ष अर्थात सन् २०१७ को अन्तिमममा अमेरिका सरकारले नयाँ कर नीति लागु गर्यो तर, यसको प्रभाव अर्को बर्ष मात्र हुन्छ । नया करनीतिमा व्यवसायमा लाग्ने करलाई ३५ प्रतिशतवाट २१ मा झारिएको छ यसले सरकारको स्रोत घट्छ । यो घट्नु भनेको सरकारले गर्ने कल्याणकारी कार्य र पुर्वाधार निमार्णमा कम स्रोत हुनु हो । 
 
भविष्यमा यसलाई व्यक्तिगत करदाता वा राष्ट्र ऋणवाट क्षतिपुर्ती गरिने नीति छ,–कार्कीले भने समग्रमा आउने बर्ष देखि नयाँ कर नीतिले व्यवसाय गर्नेलाई बढी फाइदा दिनेछ ।
 
प्रस्तुत छ – कार्कीसँग कुराकानीको विस्तृत भिडियो कुराकानी