मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

बलिउड अभिनेत्री श्रीदेवीकाे दुबईमा निधन

बलिउड अभिनेत्री श्रीदेवीकाे दुबईमा निधन


दिल्ली १३ फाल्गुन । चर्चित बलिउड अभिनेत्री श्रीदेवीकाे हृदयघातका कारण निधन भएकाे छ । श्रीमान बाेनी कपूर र कान्छी छोरी खुशीसंग मोहित मारवाहकाे विवाह समारोहमा सहभागि हुन दुबईमा थिइन ।
 
गएराती साढे ११ बजे हृदयघातका कारण उनकाे  निधन भएकाे अभिनेता संजय कपूरले पुष्टी गरेका छन । संजय श्रीदेवीका देवर हुन । श्रीदेवी ५४ बर्षकी थिइन । श्रीदेवीकी जेठी छोरी जान्हवी फिल्मकाे सुटिङमा व्यस्त हुनु परेकाेले दुबई गएकी थिइनन ।
 
अभिनेत्री श्रीदेवीकाे निधनकाे खबरपछि उनका अाफन्त र प्रशंसकहरु मुम्बईस्थित घरमा जम्मा भइरहेका छन । अाधुनिक भारतीय फिल्म उधोगमा अभिनेत्री श्रीदेवीकाे महत्वपूर्ण योगदान रहेकाे छ । १३ अगस्त १९६३ मा तमिलनाडुमा जन्मेकी श्रीदेवीले सन १९७५ मा पहिलो पटक   फिल्म ‘जुली’मा बालकलाकारकाे रुपमा अभिनय गरिन ।
 
बलिउड फिल्म उधाेगमा उनकाे प्रवेश सन १९७८ मा फिल्म ‘सोलह सावन’बाट भएकाे थियो । १९८३ मा बनेकाे  फिल्म ‘हिम्मतवाला’बाट श्रीदेवी चर्चाकाे शिखरमा पुगिन त्यसपछि सदमा, नागिन,निगाहें, मिस्टर इन्डिया, चालबाज़, लम्हे, खुदा गावाह र जुदाई जस्ता सुपरहिट फिल्महरुमा उनले अभिनय गरिन ।
 
श्रीदेवीले हिन्दी फिल्मका साथसाथै तेलगु, तमिल, कन्नड़ र मलयाली फिल्ममा पनि अभिनय गरिन । ८० काे दशकमा अत्याधिक सुन्दर अभिनेत्रीकाे रुपमा परिचय बनाएकी श्रीदेवी  सन २०१३ मा भारत सरकारको ‘पद्म श्री’ का पुरस्कारबाट सम्मानित भइन। उनले पाँच वटा फिल्मफेयर पुरस्कार पनि प्राप्त गरिन।
 
सन १९९६ मा फिल्म निर्देशक बोनी कपूरसंगकाे विवाहपछि श्रीदेवीकाे बलिउड यात्रा रोकिएकाे देखिन्छ । तर पनि टेलिभिजन शोहरुमा भने उनकाे उपस्थिति नियमित नै थियो । श्रीदेवीले सन २०१२ मा  फिल्म ‘इंग्लिश विंग्लिश’ मार्फत बलिउडमा कमब्याक गरिन । फिल्म इंग्लिश विंग्लिशको जोडदार अभिनय दर्हशकहरुकाबिच चर्चित रह्यो । हिमालय टिभी