मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   

प्राण प्रतिष्ठा पूजामा यजमान बनी पूजा गर्नको लागि नाम लेखाउने बारे

प्राण प्रतिष्ठा पूजामा यजमान बनी पूजा गर्नको लागि नाम लेखाउने बारे


प्राण प्रतिष्ठा पूजामा यजमान बनी पूजा गर्नको लागि नाम लेखाउने बारे
आदरणीय समुदाय सदस्यहरू,
 
फेब्रुअरी १३ मा पर्ने शिवरात्रीको अवसर पारेर ११-१३ सम्म मुर्तिहरुमा प्राण प्रतिष्ठा गरी विधिवत् पुजाआजाको शुभारम्भ गर्ने योजना रहेको जानकारी गराउँदछौ । 
 
प्राण प्रतिष्ठा पूजामा तल उल्लिखित बिधिबिधान पालन गरी यजमान बनी पूजा गर्नको लागि इच्छुक नेपाली समुदाय सदस्यहरूलाई आफ्नो नाम लेखाउनको लागि फेब्रुअरी ५ , २०१८ सम्म नाम लेखाउनु हुन् अनुरोध गरिन्छ साथै यजमान बनी पूजा गर्न इच्छुक सबैले आशौचबाट थुन छेक नहोस् भन्ने उद्देश्यले यथाशीघ्र नान्दी-श्राद्धको टीका लगाउन र आवश्यक सर सल्लाह एवं  नीति निर्देशका लागि ६ फेब्रुअरी मङ्गलवार बेलुका ७ बजे अनिवार्य उपस्थिति हुनुपर्ने छ । 
 
श्री पशुपतिनाथ एवं बुद्ध मन्दिर प्राण-प्रतिष्ठा कार्यक्रम :
 
यजमान आचार संहिता
 
१. यज्ञ आरम्भ हुनुभन्दा २ दिन अगाडी देखि नै दाह्री कपाल नङ आदि काटेर सात्विक भोजनमात्र गर्ने र  ब्रह्मचर्यमा रहनुपर्ने छ । 
 
२. हरेक यजमानले पूजा योग्य वस्त्र धोती, कुर्ता, साडी चोली, उत्तरीय वस्त्र गम्छा आदि सकेसम्म नयाँ नभए धोएको चोखो वस्त्र धारण गर्नुपर्ने छ । (यस्तो वस्त्रको व्यवस्था स्वय गर्नुपर्नेछ )
 
३. यज्ञ अवधिभर ( ११, १२, र १३ फेब्रुअरी सम्म हरेक दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म ) पूजाको लागि अनिवार्य उपस्थित हुनुपर्ने छ ।
 
४. आशौचबाट थुन छेक नहोस भन्ने उद्देश्यले यथाशीघ्र नान्दी-श्राद्धको टीका लगाउन र आवश्यक सर सल्लाह एवं  नीति निर्देशका लागि ६ फेब्रुअरी मङ्गलवार बेलुका ७ बजे अनिवार्य उपस्थिति हुनुपर्ने छ । 
 
५. पुजाअवधिभर मन्दिर व्यवस्थापन समिति र यज्ञ-आचार्यको सङ्केत पूर्ण रूपमा पालना गर्नुपर्ने छ । 
 
६. यज्ञ अवधिभर चर्को बोल्न, वादविवाद गर्न, झगडा गर्न, निषेध छ ।