मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

सीएमसीमा एमबीबीएस शुल्कमा मनपरी

सीएमसीमा एमबीबीएस शुल्कमा मनपरी


हिमालयखबर संवाददाता
भरतपुर । चितवन मेडिकल कलेज भरतपुरले एमबीबीएस अध्ययनमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले तोकेको भन्दा १२ लाख रुपैयाँ बढी लिने गरेको पाइएकोे छ  । 
 
जिल्ला प्रशासन कार्यालय चितवनले गरेको अनुगमनका क्रममा कलेजले एमबीबीएस अध्ययनका लागि नयाँ भर्नामा सरकारले तोकेको ४२ लाख ४५ हजार बाहेक विभिन्न शीर्षकमा थप १२ लाख  लिने गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले बताए । 
 
आफूहरुलाई आएको शुल्क निर्धारण पत्रमा पनि ट्युसन, लाईब्रेरी बा अन्य विभिन्न शीर्षकमा कलेजले केही रकम लिन पाउने भन्ने परिपत्र भएकाले कलेजको नियम अनुसार नयाँ भर्ना हुन आउने विद्यार्थीसँग भर्ना हुने क्रममा ६ लाख र कक्षा सञ्चालन अवधिमा ६ लाख गरी १२ लाख लिने कलेजले निर्णय गरेको र सोही अनुसार विद्यार्थीसँग पैसा लिएको सो क्रममा कलेज प्रशासनले स्वीकार गरेको छ ।
 
आईओएमले केही शुल्क लिन पाउने भनेकाले आफूहरुले त्यही आधारमा शुल्क लिएको र त्यसको बारेमा आईओएमलाई पनि जानकारी दिएको कलेज प्रशासनका अधिकारीहरुले बताए । सम्बन्धनप्राप्त कलेजहरूको भर्ना चिकित्साशास्त्र अध्ययन संस्थानबाटै अनलाइनमार्फत गरिने व्यवस्था छ । भर्ना भएका विद्यार्थीको नामावलीसहितको विवरण आईओएमले सम्बन्धित कलेजमा पठाउने व्यवस्था छ ।
 
कलेजले विभिन्न ११ संकायमा पठनपाठन गराउँदै आएको छ । कलेज छनोट गरेका विद्यार्थीले माघ ७ भित्र अनलाइनबाट भर्ना गरिसक्नुपर्ने सूचित गरिएको थियो । त्यसका लागि सम्बन्धित कलेजको बैंक खातामा तोकिएको शुल्कको ५० प्रतिशत बुझाउनुपर्ने छ । समयावधि भित्र भर्ना नहुने विद्यार्थीले पुनः मौका नपाउने व्यवस्था आईओएमले गरेको छ ।
 
८१ जनासँग पूर्ण शुल्क कोटामा भर्ना अधिकार पाएको चितवन मेडिकल कलेजमा केही दिन अघिसम्म जम्मा ६२ जना भर्ना भएका थिए ।