मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

आँखा बैंक स्थापनामा बेलायतबाट सहयोग जुट्दै

आँखा बैंक स्थापनामा बेलायतबाट सहयोग जुट्दै


चितवन । बेलायतमा रहेका चितवनवासीले जिल्लामा विपत् र सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएका छन् । 
 
सन् २००४ मा चितवन ‘एड ट्रस्ट युके’ नामक संस्था गठन गरी उनीहरुले जिल्लामा सहयोग थालेका हुन् । पछिल्लोपटक नेपाल नेत्रज्योति संघ चितवनलाई भरतपुर आँखा अस्पतालमा आँखा बैंक स्थापनाका लागि उनीहरुले सहयोग गरेका छन् । 
 
ट्रष्टका संस्थापक अध्यक्ष कपिल श्रेष्ठका अनुसार आँखा बैंक स्थापनाका लागि १० हजार पाउण्ड अर्थात करिब १४ लाख नेपाली रुपैँंया सहयोग गर्ने योजना रहेको छ । 
 
हालसम्म रु ११ लाख ४२ हजार ७१० संकलन भइसकेको छ । सो रकम संघलाई हस्तान्तरण गर्ने सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । संघका कार्यवाहक अध्यक्ष कृष्णराज धरेललाई ट्रष्टका संस्थापक अध्यक्ष श्रेष्ठले हालसम्म संकलित रकम हस्तान्तरण गरिसकेका छन् । 
 
 अध्यक्ष धरेलले भने, “यो सामाजिक र मानवीय कार्यमा बेलायतमा रहेका नेपालीले देखाएको सहयोग सबै नेपालीका लागि महत्वपूर्ण बन्ने छ ।” ट्रष्टले आँखा बैंक नियमित सञ्चालनका लागि आवश्यक सहयोग गर्ने सोच पनि बनाएको संस्थापक अध्यक्ष श्रेष्ठले बताए ।
 
 ट्रष्टको अगुवाई भए पनि बेलायतमा नेपालका अन्य जिल्लाबाट गएका नेपालीले पनि सहयोग गरेका छन् । ट्रष्टले स्थापनाको केही वर्ष रेडक्रससँग सहकार्य गरेर भरतपुर अस्पतालको आकस्मिक कक्षमा आउने बेसहारा बिरामीका लागि रगत र पानी सहयोग पु¥याएको थियो ।
 
 ट्रष्टले माडीमा एम्बुलेन्स प्रदान गरेको छ । भूकम्पपछि साविक कबिलास–९ को राप्राबि ढोडेनीमा रु २३ लाख खर्च गरेर पक्की विद्यालय भवन निर्माण गरेको श्रेष्ठले बताए ।
 
 त्यसैगरी दाहाखानीको गर्दासको माध्यमिक विद्यालयमा भूकम्पले क्षति बनाएको भवन रु १७ लाख खर्च गरेर पुनःनिर्माण गरेको थियो । 
 
ट्रष्टले नै बाढीका कारण प्रभावित क्षेत्रमा रु ६ लाखभन्दा बढी सहयोग गरेको छ । बेलायतमा रहेका मुख्यरुपमा चितवनवासी र आसपासमा रहेका नेपालीबाट सानो ठूलो रकम संकलन गरी नेपालमा सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको संस्थापक अध्यक्ष श्रेष्ठले बताए ।