मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

घर किन्दा श्रीमती सित्तैमा….

घर किन्दा श्रीमती सित्तैमा….


एजेन्सी– आफ्नो व्यापार प्रवर्धनका गर्नका लागि व्यापारी अथवा कर्पोरेट हाउसले विभिन्न खालका आकर्षक अफरहरु ल्याउँछन् । 
 
एउटा सामान किन्दा अर्को सामान सित्तैमा भन्ने अफरलाई चुनौती दिदै एउटा यस्तो अफर बजारमा आएको छ, जुन सुन्दै जोकोहीले जिब्रो टोक्छन् । एउटा यस्तो अनौठो अफर, जहाँ घर किन्दा श्रीमती सित्तैमा दिने अफर सार्वजनिक भएको छ ।
 
इण्डोनेसियामा घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले अहिले ठूलै तहल्का मच्चाएको छ र उक्त विज्ञापन इण्टरनेटमा भाइरलसमेत बनेको छ । 
 
एकजना महिलाले आफ्नो घर बिक्रीका लागि विज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषहरुले आफुलाई श्रीमतीको रुपमा पाउने घोषणासमेत गरेकी छिन् ।
 
यो अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापनजस्तो छ र यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ । तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ । जसमा भनिएको छ, ‘जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मालिक्नीसँग बिहेको प्रस्ताव गर्न सक्नुहुन्छ ।’ 
 
विज्ञापनमा घर मालिक्नीको तस्वीरसमेत दिइएको छ । विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृत्युसँगै  हाल एकल महिलाको रुपमा रहेकी छिन् र उनको आफ्नो सैलुनसमेत छ । यो घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ । 
 
जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपैयाँ अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ । एएफपीका अनुसार घर मालिक्नी विना लियाको यो विज्ञापन इण्डोनेसियाका संचार माध्यममा मात्र होइन सोसल मिडियामा समेत निकै चर्चित बनिरहेको छ ।
 
कतिपयले उनलाई घोचपेच गरेर खिल्ली उडाइरहेका छन् । यो समाचार प्रकाशित भएपछि यसबारेमा सोध्नका लागि आफ्नो घरमा प्रहरीसमेत आएको र मान्छेले दिएका प्रतिक्रिया र पत्रकारका व्यवहारबाट आफू दुःखी बनेको उनी बताउँछिन् ।