मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनवासीको रेल चढ्ने सपना पूरा हुन्छ : प्रचण्ड

चितवनवासीको रेल चढ्ने सपना पूरा हुन्छ : प्रचण्ड


चितवन– चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा विजयी सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनवासीको रेल चढ्ने सपना पूरा हुने बताएका छन् । 
 
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विजयी ¥यालीका क्रममा मतदातासँग चितवनवासीको रेल चढ्ने सपना विपनामा परिणत हुने बताएका छन् ।  
 
भरतपुर ९ वडा कार्यालयमा कार्यकर्ताका साथमा उत्साहित हुँदै उनले भने– ‘लुम्बिनीबाट र काठमाडौँबाट आउने दुईवटा रेलको ट्रान्जिट प्वाइन्ट चितवन बन्छ, अब चितवनबाटै सरर दुईवटा रेल चढ्न पाइन्छ ।’ 
 
अध्यक्ष प्रचण्डले चुनावको बेला आफूले गरेका प्रतिबद्धताहरु क्रमशः पूरा गर्दैै जाने बताए । उनले थपे, ‘तपाईंहरुले म माथि देखाउनु भएको विश्वास गुम्न दिन्न । अन्तिमसम्म पनि प्रतिबद्धता पूरा गर्न युद्धस्तरमा लागिपर्ने छुु ।’ 
 
‘घरदैलोका क्रममा तीन दिन मतदाताहरुले गरेको स्वागत र मप्रति देखाएको उत्साहले मलाई झनै गम्भीर बनाएको छ, म यहाँको विकास, निर्माण र समस्या समाधानमा कटिबद्ध रहने छु ।’ उनले भने । 
 
मंगलबारदेखि भरतपुर र माडीमा घरदैलोमा अभियान थालेका प्रचण्डले विभिन्न स्थानमा भएका विजय ¥याली र स्वागत कार्यक्रममा जनताको वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।