मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

परदेशीको बास्तविक पिडामा आधारित गित “रुने मन छ धोको फेरेर ” (भिडियो सहित)

परदेशीको बास्तविक पिडामा आधारित गित “रुने मन छ धोको फेरेर ” (भिडियो सहित)


काठमाडौं- प्रेम संगित म्युजिक प्रालीको प्रस्तुतिमा दर्जा लामा र रोशन तामाङको लोकदोहोरी एल्बम “रुने मन छ धोको फेरेर ” बजारमा आजबाट आएको छ । गायक दिपक थापा मगर र गायिका रोजी तामाङको लोकदोहोरी एल्बम “रुने मन छ धोको फेरेर ” मा बैदेशिक रोजगारीमा गएका युवाहरुको बास्तविक कथालाई समेटने प्रयास गरिएको छ ।
 
मौलिक सिर्जना र मनभरिका वियोगान्त र भावुक भावहरुलाई गितमा समेटने प्रयास गरिएको छ । धन कमाउने सपनामा सात समुन्द्र पारि गएर भोगेका पिडा र परिवारबाट विछोड हुनुपर्दाको पिडालाई मार्मिक रुपमा समेटिएको छ । परिवारका सदस्यको अभावमा विदेशी भुमिमा भोग्नुपरेका पिडालाई आफन्त हरुमाझँमा बसेर पोख्न को लागी गायक आतुर रहेका छन । गाउँ घरमा आफना प्रेमीको अभावमा जिन्दगी भोगाईका पलहरु ब्यक्त गायिका पनि आतुर रहेकि छन ।
 
आम दर्शक श्रोताको माग बमोजिम जिवनको भोगाईमा आधारित भएको तयार पारिएको गितमा मौलिकतामा विशेष रुपमा जोड दिइएको छ । एलिजा थिङ , बाङतेनको शब्द , दिपक थापा मगरको “रुने मन छ धोको फेरेर ”मा संगित रहेको छ ।सागर गौतमको छायाँकन, रमित ओेलीको सम्पादन , काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “रुने मन छ धोको फेरेर ” मा प्रेम ,सर्मिला ,अतिक , एलिशन को अभिनय रहेको छ ।
 
“रुने मन छ धोको फेरेर ”को हेर्नुहोस भिडियो