मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवनको जनसभामा प्रकाशलाई श्रद्धाञ्जली दिँदा भक्कानिए सीता र बिना

चितवनको जनसभामा प्रकाशलाई श्रद्धाञ्जली दिँदा भक्कानिए सीता र बिना


चितवन– चितवनमा वाम गठबन्धनले आयोजना गरेको जनसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता सहभागी भएका छन् । दाहाल दम्पतीसँगै बुहारी बिना मगर पनि उपस्थित भएकी छन् । 
 
भरतपुरस्थित पारस बसपार्कमा आयोजित सभामा आइतबारमात्रै निधन भएका प्रचण्डपुत्र प्रकाशलाई श्रद्धाञ्जली दिनेक्रममा आमा सीता भावविह्वल भएकी थिइन् । हृदयाघातका कारण निधन भएका आफ्ना एकमात्र छोराको स्मरणमा श्रद्धाञ्जली दिँदै्र गर्दा सीता मञ्चमा भक्कानिइन् । उक्त दृश्यले सहभागी सबैको आँखा रसाएका थिए । वातावरण स्तब्ध बन्न पुग्यो । 
 
बाबु प्रचण्डले आफूलाई सम्हालेका थिए । तर, प्रकाशकी आमा सीता र पत्नी बिना भक्कानिएको दृशयले सहभागी सबैलाई भावुक बनाएको थियो । प्रचण्डले पत्नी सीतालाई सम्झाउने प्रयास गरे पनि उनले सलले बारम्बार आँशु पुछेर सबैलाई स्तब्ध बनाइन् । 
 
मंगलबारको जनसभामा एमाले नेता केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलगायतका नेताहरुले सम्बोधन गरे पनि प्रचण्डले भने सम्बोधन नगर्ने भएका छन् । जनसभा अवलोकन गर्न हजारौँ वाम कार्यकर्ता कार्यक्रमस्थलमा उपस्थित भएका छन् ।