मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

स्क्रब टाइफस र डेँगुबाट चितवनमा पाँच जनाको मृत्यु

स्क्रब टाइफस र डेँगुबाट चितवनमा पाँच जनाको मृत्यु


चितवन– स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण कात्तिक महिनामा मात्रै जिल्लामा पाँच जनाको मृत्यु भएको छ ।
 
योसहित चालु आवको चार महिनामा जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका नौ जना र कात्तिक महिनामा मात्रै जिल्लामा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये दुई जना चितवनका छन् भने अरु सबै बाहिरी जिल्लाका रहेका छन् ।
 
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाका अनुसार मृत्यु हुनेमा एक बालक, चार बालिका र चार महिला रहेका छन् । कात्तिकमा मात्र ती रोगका कारण पाँच जनाको मृत्यु भएको छ । असोजमा एकजना, भदौमा दुई जना र साउनमा एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
 
मृत्यु हुनेमध्ये तीन जनाको स्क्रब टाइफस, दुई जनाको चिकनगुनिया, तीन जनाको स्क्रब टाइफस र चिकनगुनिया दुवै रोगको संक्रमण र एक जनाको स्क्रब टाइफस र डेंगु दुवै रोगको संक्रमण रहेको झाले जानकारी दिए ।
 
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कप्ट नियन्त्रक राम केसीका अनुसार साउनयता रगत परीक्षण गरिएका एक हजार ४८५ मध्ये ३५५ जनामा स्क्रब टाइफस देखिएको छ ।
 
यसै अवधिमा ५१ जनालाई डेंगु रोग संक्रमण भेटिएको छ । केसीका अनुसार उपचारका लागि आएका बिरामीमध्ये ९८० जनाको डेंगु परीक्षण गरिएको थियो । रासस