मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

लायन्सको निःशुल्क शिविरमा ९३ जनाको स्वास्थ्य परीक्षण

लायन्सको निःशुल्क शिविरमा ९३ जनाको स्वास्थ्य परीक्षण


चितवन– ‘हामी सेवा गछौँ’ भन्ने महान् लक्ष्यसहित लायन्स/लियो क्लब अफ रत्ननगर मिड नेपालले थुप्रै शैक्षिक, सामाजिक र स्वास्थ्यसम्बन्धी गतिविधि गर्दै आएको छ । 
 
विश्व मधुमेह दिवसका अवसरमा लायन्स÷लियो क्लब अफ रत्ननगर मिड नेपालले निःशुल्क स्वास्थ्य शिविर तथा मधुमेह जाँच शिविर सम्पन्न गरेको छ । 
 
रत्ननगर–२ स्थित टाँडी–रत्ननगर पोलिक्लिनिकमा आयोजित निःशुल्क मधुमेह स्वास्थ्य शिविरमा ९३ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । यस्तै १०७ जनाले मधुमेहको रगत परीक्षण गराएका थिए । 
 
बी एण्ड बी काठमाडौँका वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा दीपेन्द्र कार्कीले बिरामीको स्वास्थ्य परीक्षण गराएका थिए । उनले मधुमेह रोगबारे प्रकाश पारेका थिए । 
 
लायन्स क्लब अफ रत्ननगर मिड नेपालका कोअर्डिनेटर किशोर चालिसेले स्वागत मन्तव्य राख्दै लायन्स क्लबले विगतमा गरेका सामाजिक गतिविधि तथा जनस्वास्थ्य र सरोकारका विषयमा चर्चा गरे । 
 
लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष जगदीशचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रम एओजी लायन दीपेन्द्र खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 
 
सो क्लबले प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क मधुमेह परीक्षण कार्यक्रम गर्दै आएको छ । गरिब तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री, दैवी विपत्तिहरुका राहत, सामाजिक गतिविधि तथा स्वास्थ्य शिविर तथा सरसफाइजस्ता थुप्रै कार्यक्रम गर्दै आएको छ ।