मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘नेम्पा फिल्म अवार्ड’ फेरिपनि स्थगित

‘नेम्पा फिल्म अवार्ड’ फेरिपनि स्थगित


टेक्सस(अमेरिका)-  अमेरिकाको टेक्सासस्थित  डलासमा हुने भनिएको  ‘नेम्पा फिल्म अवार्ड’फेरिपनि स्थगित भएको छ । 
 
नेपाल मोशन पिक्चर एशोसियशन (नेम्पा) र टेक्ससको डलास स्थित डिएबिएस इन्टरटेनमेन्टको संयुक्त आयोजनामा यही नोभेम्बर ५ मा हुने भनिएको  ‘नेम्पा फिल्म अवार्ड’प्राबधिक कारणले स्थगित गरिएको आयोजक संस्था डिएबिएस इन्टरटेनमेन्टले जनाएको छ । 
 
कार्यक्रम घोषणा भएदेखि  अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै  डिएबिएस इन्टरटेनमेन्टका साजन मुल्मीले कार्यक्रम हुन नसकेकोमा दुख व्यक्त गरेका छन् । 
 
उनले कार्यक्रमको टिकट लिइसक्नु भएका सबैलाई आफू र डिएबिएस इन्टरटेनमेन्टका अर्का सदस्य दिवस थापालाई सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।