मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

रत्ननगर अस्पतालको सुपरिटेण्डेन्टमा न्यौपाने नियुक्त

रत्ननगर अस्पतालको सुपरिटेण्डेन्टमा न्यौपाने नियुक्त


चितवन– रत्ननगर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा अजय न्यौपाने नियुक्त भएका छन् ।
 
स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पतालका डेन्टल विभाग प्रमुख डा न्यौपानेलाई रत्ननगर अस्पतालको प्रमुखमा नियुक्त गरेको हो । मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी सम्हालिरहेका डा कृष्ण पौडेलको भरतपुर अस्पतालमा सरुवा भएपछि साउनयता डा सोेफिया पौडेलले निमित्त मेडिकल सुपरिटेण्डेन्टको रुपमा काम गर्दै आएकी थिइन् । 
 
पूर्वी चितवनको एकमात्र सरकारी अस्पतालमा सामाजिक सेवामा समेत क्रियाशील डा न्यौपानेलाई सरकारले प्रमुखमा नियुक्त गरेपछि अस्पतालका विकास हुनेमा यहाँका वासिन्दाहरु आशावादी छन् । 
 
‘हामी अस्पतालको सेवा विस्तार र भौतिक पूर्वाधार निर्माणको क्रममा छौँ’, अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले भने, ‘यो अस्पतालले सेवाको भावना भएको डाक्टर प्रमुखको रुपमा पाएका छौँ, यसले अस्पतालको विकासको थप सहयोग मिल्ने छ ।’ 
 
रत्ननगर अस्पतालमा हाल १५ बेड क्षमता रहे पनि यसको स्तरोन्नति गरी ५१ बेडको बनाउने गृहकार्य सुरु भइसकेको छ । स्थानीय तहको निर्वाचनपछि बनेको रत्ननगर नगर कार्यपालिकाको बैठकले पनि सो अस्पताल ५१ बेडको बनाउने निर्णय गरिसकेको छ । 
 
सो अस्पतालले मिर्गौलाको डाईलासिस, प्रसूति, छाला, दन्त, शल्यक्रिया, हार्डजोनीलगायतका सेवा प्रदान गरिरहेको छ ।