मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

अमेरिकामा आएको ३५ वर्षमा तीनवटा परिचय बनाएका सुरेन श्रेष्ठ (भिडियो अन्तरवार्ता सहित)

अमेरिकामा आएको ३५ वर्षमा तीनवटा परिचय बनाएका सुरेन श्रेष्ठ (भिडियो अन्तरवार्ता सहित)


नेपालको संखुवासभावाट अमेरिका आएको ३५ वर्षमा सुरेन श्रेष्ठले समाजमा तीनवटा परिचय बनाएका छन् । व्यवसायी, लेखकका साथै उनी अमेरिकाको स्थानीय राजनीतिमा पहिचान वनिसकेको छ । सुरेनको व्यापार योगा र ध्यानका लागि चाहिने वस्तुसँग सम्बन्धित छ । यी समान नेपाल, भारत, चीन लगायतका देशबाट झिकाउंछन र थोक व्यापार गर्छन् । व्यापारका लागि अमेरिकाका सहर लगायत विभिन्न देश पुगिरहेका हुन्छन् । तर, पनि व्यापारको बोझ वा विदेशमा वस्दाको थकान उनमा देखिदैंन । योगा र ध्यानले शरीर र मनलाई सकरात्मक ऊर्जा दिन्छ । सुरेनसंग कुराकानी गर्दा उनको सोच र व्यवहारपनि योगा र ध्यानको व्यापारसंग मिलेको रहेछ भन्ने लाग्छ । अमेरिकामा योगा र ध्यान प्रति आकर्षण वढीरहेको छ, सुरेन भन्छन् यस कारण मेरोपनि अहिले व्यवसायमा व्यस्तता वढीरहेको छ । उनमा वढीनै सकरात्मक विचारको हाबी छ । यसलाई उनी स्विकार्छन पनि ।
 
मलाई सकारात्मक अर्थात् पोजेटिभ विचारले जीवनमा कयौँ फाइदा भएका छन् उनी भन्छन् कहिले कांही त नसोचेको पनि भएको छ । उनलाई दलाई लामाले धाप मारेको प्रसंगपनि यसैसँग जाडिएको छ । यसको उदाहरण पनि उनीसग छन् । यस प्रशंगमा उनले तिब्बतीय धर्मगुरु दलाई लामासंगको भेटको संयोग सुनाए । 
 
सेप्टेम्बर इलेभेन (९, ११) घटना पछि हाम्रो हस्तकलाको व्यापार खस्कियो । म र श्रीमती हस्तकलाका भएका समान गाडीमा राखेर विक्री गर्न युटाहा गएका थियौँ । त्यहाँ दलाई लामाको कार्यक्रम रहेछ । हामी पनि सुन्न  गयौँ । 
छोरी र श्रीमतीको साथमा सुरेन श्रेष्ठ 
कार्यक्रम सकिएपछि खाने ठाउँ खोज्दै गर्दा नजिकै एउटा तिव्तीयन रेष्टुरेष्ट फेला पर्‍यो । खान भनेर पसेको त्यहाँ निकै भिड थियो रेष्टुरेण्टका एक जना कर्मचारीलाई भ्याईनभ्याई थियो । ती कर्मचारी कहिले यता दौडिन्थे कहिले उता । उसको व्यवस्ता देखेर हामीलाई सहयोग गर्‍यौँ भन्ने लाग्यो । गएर उसलाई भने तिमी व्यस्त रहेछौ हामीपनि सहयोग गरौँ । उसले हुदैंन भन्यो । एक छिन पर्खेर फेरि सोधेँ हामी सहयोग गर्छौ, उसले फेरी मानेन । केही त गर्नु पर्‍यो हामी बुढा बुढीले यसो किचनमा चिहायौं । भित्र एक जना काम गर्दै रहिछिन । हामी हामी सहयोग गर्छौ भन्दै भित्र छिर्यौ । उनलेपनि हुन्न भनिनन् । श्रीमतीले भित्र सघाउन थालेपछि म बाहिर आएर कागज लिई ग्राहकसंग अर्डर लिन् थांले ।
 
त्यहाँ आएका ग्राहकलाई नाम लेख्दै एक छिन पर्ख बस्न मिल्ला भनेर नाम टिप्दै पालोमा राखें । मैले कुनै वेला रेष्टुरेण्टमा पनि वेटर काम गरेको थिएँ । त्यहाँ यो काम लाग्यो । त्यसैवेला एउटा टेबलकी ग्राहकले खानाको बारेमा सोधिन । उनलाई मैले सिधै भने म पनि तपाईँ जस्तै ग्राहक भएर आएको थिएँ यहाँ काम गर्नेको अभाव देखेर सहयोग गरेको हुँ यस खानाका बारेमा मलाई राम्रोसँग जानकारी छैन । मैले जे सत्य हो त्यही भने । अचम्म भयो ती ग्राहकलेपनि ए त्यसो भए पनि म पनि सघाउंछु भन्दै टवेलमा पानी दिने, खाना ल्याईदिने गर्न थालिन । अव हामी तीन जना भयौँ । केही सजिलो भयो । 
 
रेष्टुरेण्टको व्यवस्ता कम भएपछि हामीलेपनि सबैभन्दा सजिलोसँग बन्ने खाना चाउमिन खायौं । जानेबेलामा पैसा दिन खोजेको कर्मचारीले लिनै नमानेन् । तैपनि टेबलमा ३० डलर छाडेर बाहिर आयौँ । रेष्टुरेण्टको ढोकाबाट निष्कने बित्तिकै त्यही पहिले यता उता दौडिरहेको कर्मचारीले यता आऊ भनेर डाके । गयौँ । उसले सोधे भोलि तिम्रो के काम छ ? हामीले भन्यौ खासै केही छैन किन र ? उसले एउटा ठेगाना दिदैं भन्यो भोलि साँझ यहाँ खाना खान आऊ है । हामी भोलिपल्ट त्यहाँ पुग्यौ । त्यहाँ दलाई लामापनि केही छिनमा आईपुग्नु भयो र हामीलाई पछाडि धाप मार्नु भयो । यो हाम्रो लागि अविस्मरणीय रह्यो । 
यो संयोग सुनाउंदा सुरेन प्रफुल्ल भइरहेका थिए । सुरेन मन्त्रमुग्ध आवाजवाट मानिसको शरीरलाई कसरी दुरुस्त र आनन्दमय बनाउने यसबारेमा सिकाउने हिलिगं सम्बन्धी पुस्तकका लेखक पनि हुन् । उनको यो किताब अङ्ग्रेजी, कोरियन, चाइनिज जापनिज लगायत विभिन्न भाषामा प्रकाशित भएको छ । यो पुस्तक ४० हजारभन्दा बढी विक्री भएको मेरो प्रकाशकले भरखरै जानकारी दिए सुरेनले भने । यो किताववाट आउने मासिक रोयल्टी ६ सय अमेरिकी डलर उनले समाजिक कार्यका लागि नेपाल पठाउने गरेका छन् । यो पैसा गरिब बालबालिकाको शिक्षाका लागि नेपालमा खर्च हुन्छ । यो किताब अन्य भाषामा पनि प्रकाशित हुने क्रममा छ, उनले भने । 
 
 
हिलिगं के हो ? सुरेन भन्छन् कुनै गितार वा मादल वा कुनै बाजा बजाउन सुरु गर्दा पहिले यसो वचाएर सुरतालमा ल्याउन मिलाउनु पर्छ ७० प्रतिशतभन्दा बढी पानीले बनेको मानव शरिरपनि यस्तै हो यसका सेलहरुलाई दुरुस्त राख्न विशेष खालको आवाजले सहयोग गर्छ । बुझ्न सजिलोको लागि बिस्तारै ओह्म आवाज सुन्दा शरीरमा ऊर्जा मिलेको प्रतित हुन्छ मैले यही कुरा मेरो किताबमा लेखेको छु । यसबारेमा बेला बेलामा विभिन्न स्थानमा बोल्न डाकिन्छ जान्छु । 
 
उनी बस्दै आएको पहाडको फेदीमा रहेको कोलोराडो स्थित बोल्डर सिटीको स्थानीय राजनीतिमा सुरेनले परिचय वनाईसकेका छन् । व्यवसायमा  अहिले व्यवस्तता वढ्ेको छ । केही समय यहाँको राजनीतिमा थोरै समय दिने सोचमा छु, उनले भने । बोल्डर सिटी भित्र डोमोक्र्याट पार्टीको राजनीतिमा उनी केही वर्ष यतादेखि संलग्न हुदैं आएका छन् । अमेरिकी राष्ट्रपतिको पछिल्लो निर्वाचनमा उनले आफ्नो पार्टीभित्र कार्यकर्ता पंक्तिवाट हिलारी क्लिण्टनलाई समर्थन गर्दै आफ्नो कुरा राख्ने मौका पाएका थिए । 
 
यो पनि अमेरिकाको राजनीतिमा महत्त्वपूर्ण अवसर मानिन्छ ।  हिलारीले चुनाव जितिनन् । त्यस बेला कस्तो महसुस भयो ? नराम्रो लाग्यो सुरेन भन्छन् हामी डोमोक्र्याट पार्टीका सयौँ समर्थकसगं निर्वाचनको नतिजा हेर्दै थियौँ जित हुन्छ भन्ने थियो तर, हामीले सोचजस्तो रिजल्ट आएन् । अव हाम्रो राष्ट्रपति डोनाल्ड ट्रम्पनै हुन बरु म दुई वर्ष जति स्थानीय राजनीतिमा कम समय दिई आफ्नै व्यापारमा बढी केन्द्रित हुदैं छु सुरेनले भने । 
 
अमेरिकाको राजनीतिमा कसरी छिर्ने ? त्यहाँ भित्र छिरिसकेका सुरेन भन्छन् ,अमेरिकाको राजनीतिक भित्र छिर्न कनेक्सननै चाहिन्छ । त्यसपछि समय दिनु पर्‍यो , चन्दा अर्थात् डोनेसनपनि दिन सक्नुपर्छ यो पनि यहाँ कानुनी हो, कहिले कांही आफ्नो पार्टीको नेतृत्वका पक्षमा पार्टी र भेलाहरु आयोजना गरिदिनु पर्छ । सिटीका पदाधिकारी मात्र होइन कोलोराडोवाट प्रतिनिधित्व गर्ने सांसद जेराड पोलिससंगपनि सुरेनको राम्रो जानपहिचान छ । सांसद जेराड पोलिस नेपाल ककस समूहका सहसंयोजक पनि हुन् ।
 
काठमाडौको सिदार्थ बनस्थलीवाट १५ वर्षकै उमेरमा एसएलसी पास गरेपछि सुरेन पढ्न अमेरिका आएका थिए । म पहिले टेक्सस  ड्यालसमा आएँ त्यहाँ दाइ हुनुहुन्थ्यो । त्यस बेला नेपाली निकै कम थियौँ सुरेन अमेरिकामा ३५ वर्ष अघि आउंदाका आफ्ना सुरुका दिन सम्झंदै उनी भन्छन् हामी नेपाली दुई तीन घण्टाको सडक यात्रा गरेर भए पनि एकै ठाउँमा बसेर दसैँलगायत चाडहरु मनाउंथ्यौं ।
सुरुका दिन निकै कठिन थिएँ कल्चर सकमा पनि परें सुरेन भन्छन् पाँच वर्षसम्म त नेपाल आफ्नो गाउँ ठाउँ सम्झेर सधैँ सिरानी भिज्यो । तर, हाईस्कुल जीवनले नै मलाई दुख्खमा सघर्ष गर्न सिकायो त्यसपछि भने सजिलो हुदैं गयो । यो जीवनले मलाई अमेरिकामा स्वतन्त्र भएर बाँच्न सकिन्छ काम गरेर प्रगति गर्न सकिन्छ भन्ने बनायो । यहाँ बाथरुम सभा गरेरपनि मज्जाले जीवन बाँच्न पुग्छ, उनले भने । मैले इन्जिनियरिगंमा डिग्री लिएं कयौँ ठाउँमा काम पनि गरेँ तर, एक ठाउँमा पनि निकालिनु परेन, नचाहेर एकदिनपनि बेरोजगार बस्नु परेन म अर्को काम पाएपछि मात्र पुरैं प्रक्रिया पुर्याएर पुरानो काम छाडी नयाँमा जान्थें उनले भने, काम जहाँ गए पनि गर्नु पर्छ भने किन आफूले सकेजति राम्रोसँग नगर्ने यही सोचेर काम गर्थें । फाइदै भयो ।
 
४०, ५० घण्टा काम गरेर बस्न बोर लागेपछि सुरेन व्यापार व्यवसायमा आएँ । करिब दुई दशक व्यापारमा संलग्न हुदां निकै उतार चढाव आयो उनी भन्छन् केही ठाउँमा पसलको भाडा तिर्न नसक्दा सानोमा सर्नु पर्‍यो समस्या थुप्र्रै आए । अहिले लाग्छ दुखमा आत्तिनु हुदैंन सुखमा पनि मात्तिनु पर्दैन भन्ने भनाई साँच्चै नै सही रहेछ मलाईपनि व्यापारको उतार चढावले यही सिकायो । 
 
३५ वर्ष विदेश बस्दा के गुमाउनु भयो ? उनी भन्छन् आमा बाको काख, घरगाउंको संस्कारको आनन्द लिन पाइन् । म आउँदा अहिले जस्तो फोन थिएन घरमा बा आमालाई चिठ्ठी लेख्थें उतावाट पनि जवाफ आउंथ्यो । चिठ्ठीमा के लेख्नुहुन्थ्यो ? यस्तै पढाई, यहाँको वातावरण, चेसमा जिते,ं टेनिसमा जितें जस्तै कुरा हुन्थे ।
 
यहाँ जति कै नेपालमा काम गरेको भए तपाईँ कहाँ पुग्नुहुन्थ्यो होला जस्तो लाग्छ ? सुरेन भन्छन् , सायद अहिले भएजति प्रगति हुदैनथ्यो की । अब सुरेनको योजना व्यवसाय अझै विस्तार गर्ने छ । तत्काल इन्डोनेसियाको बाली र नेपालमा नयाँ व्यवसायमा लगानी गर्ने योजना उनको छ । म नेपालमा मैले आफुलै नै गरिरहेको योगा  ध्यानसंग सम्बन्धित रिसोर्ट खोल्ने योजनामा छु उनले भने यसका लागि छिट्टै नेपाल जादैं छु ।
 
सुरेन बर्षै पिच्छे नेपाल पुग्छन् । गत वर्ष नेपाल जाँदा पूर्व राजा ज्ञानेन्द्रसंगपनि उनको भेट भएको थियो । त्यस बेला पूर्व राजासंगको भेटमा के कुरा भयो ? नितान्त व्यक्तिगत कुराकानी भयो, यो चाहिँ नभुन ।
 
(हेरौं अमेरिकामा राजनीति, व्यापार, नेपालमा लगानी र इमिग्रेसनका बारेमा सुरेन श्रेष्ठसंगको थप भिडियो वार्ता)