मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

धनुषामा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दो

धनुषामा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दो


धनुषा । धनुषा जिल्लामा अवैधरुपमा गर्भपात गराउनेको सङ्ख्या बढे पनि सरकारले तोकेको गर्भपात गराउने केन्द्रमा भने न्यून छ सङ्ख्याका महिलाले गर्भपात गराउँदै आएका छन् । 
 
जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०७३/०७४ मा पाँच प्रतिशत महिलाले स्वास्थ्य मन्त्रालयले तोकेको गर्भपतन केन्द्रबाट गर्भपतन गराएका छन् भने असुरक्षित रुपमा गर्भपतन गराउने करिब २० प्रतिशतसम्म पुगेकोे सो कार्यालयका परिवार नियोजन शाखा प्रमुख योगेन्द्र पासवानले जानकारी दिए । उनका अनुसार जिल्लभर १४ वटा सुरक्षित गर्भपात गराउने आधिकारिक केन्द्र सञ्चालनमा छन् ।
 
जिल्लामा उक्त कार्यालयले एआरटी एन्ड भिसीटी सेन्टरमा सञ्चालनमा ल्याएको गर्भपतन सेवाका अतिरिक्त मेरी स्टोप सेन्टर जनकपुर, कुर्था, लक्ष्मीपुर वगेवा, सपही, महेन्द्रनगर, ढल्केवर, गोदार, धनुषाधाम, यदुकोहा, परवाहा, देवपुरा र घोडघासमा आधिकारिक रुपमा गर्भपतन सेवा सञ्चालन हुँदै आएका हुन् । लिङ्ग पहिचान गराएर गर्भपतन गराउनेको सङ्ख्या उच्च रहेका कारण ती केन्द्रमा गर्भपतन गराउनेको संख्या न्युन देखिएको हो ।
 
कानुनअनुसार लिङ्ग पहिचान गरेर गर्भपतन गराउनु दण्डनीय भएकाले अवैधरुपमा गर्भपतन गराउनेको सङ्ख्या उच्च रहेको पाइएको छ । गैरकानुनी रुपमा १२ हप्ताभन्दा माथिको पनि गर्भपतन गराउने गरेको एक चिकित्सकको दाबी छ । 
 
सरकारले गत पुस महिनादेखि स्वास्थ्य चौकीमा गर्भपतन गराउन चाहनेलाई सुविधा उपलब्ध गराउने  उद्देश्यले निःशुल्क रुपमा गर्भपतन सेवा उपलब्ध गराउने निर्णय गरेको थियो । 
 
सरकारले यति सुविधा दिँदासमेत लाज र जानकारीको अभावका कारण उक्त सेवाबाट अधिकांश महिला वञ्चित हुँदै आएका छन् । शाखा प्रमुख पासवानले केही चिकित्सकले कमिसनको लोभमा मापदण्डभन्दा बाहिर गएर पनि गर्भपतन कार्यमा  संलग्न रहँदै आएको  आरोप लगाए । रासस