मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अमेरिकामा बप्पी लहरीले भने: म सधैँ नेपाल र नेपालीको साथी हुँ

अमेरिकामा बप्पी लहरीले भने: म सधैँ नेपाल र नेपालीको साथी हुँ


एटलान्टा (जर्जिया) अमेरिका । अमेरिकाको विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रामा आएका भारतका चर्चित र वरिष्ठ गायक बप्पी लहरी (डिस्को किङ्ग) एटलान्टामा आश्चर्य चकित हुनुको साथै हर्षित भए l
 
 कार्यक्रमको मध्यान्तरमा आयोजक समितिले प्रायोजक र सहयोगीहरुलाई मंचमा बोलाएर सम्मान गरेका थिए | यसै अवसरमा नेपाल र नेपालीहरुको तर्फ बाट पर्यटन-दुत राजा घले द्वारा मायाको चिनो स्वरुप एक प्लाक (धातुको पाता) गायक बप्पी लहरीलाई प्रदान गर्दा अचम्मित हुनुको साथै निकै हर्षित भए l
 
उनले भने ” म नेपाल गएको छु, म सधै नेपाल र नेपालीको सच्चा साथी हुँ | म नेपालको लागि अवैतनिक राजदूत पनि हु पनि भने l नेपाल र नेपालीले सम्झेको खण्डमा कुनै पनि बेला म आउनेछु' उनले भने । 
 
गत शनिबार मे २० तारिखका दिन बप्पी लहिरिको कन्सर्ट गुजरात समाज अफ एटलान्टाको भवनमा एटलान्टा इभेन्ट एण्ड प्लान्नरका संस्थापक रामजान बिरानी द्वारा आयोजित कार्यक्रम शभ्य र भब्य रुपमा सम्पन्न भएको थियो ।