मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

हतारमा बिहा गरेकोमा मलाई पश्चताप छ, मनिषा कोइराला

हतारमा बिहा गरेकोमा मलाई पश्चताप छ, मनिषा कोइराला


हिमालयखवर संवाददाता
काठ्माडौं(नेपाल)- अभिनेत्री मनिषा कोइरालाले राम्रोसँग नबुझी बिहा गर्नु आफ्नो सबैभन्दा ठुलो गल्ती भएको वताएकी छिन् । भारतीयअनलाइन मिडियासंग कुरा गर्दै मनिषाले हतार गरेर बिहा गर्दाको परिणाम दुई वर्ष पछि सम्बन्ध विच्छेदप्रति आफूलाई पश्चताप भएको पनि वताएकी छिन् । 
 
भारतीय सिनेक्षेत्र मुम्बई (बलिउड)मा सफल अभिनेत्री मनिषा अहिले पुन आफ्नो करियरमा फर्किन संघर्षरत छिन् । उनले अभिनय गरेको डियर माया यही जनुको पहिलो साता रिलिज हुदंैंछ । अहिले यो फिल्मका प्रचारमा मनिषा व्यस्त छिन् । 
 
आफ्नो बिहा प्रति आफूलाई पश्चताप रहेपनि यो निर्णयको जिम्मेवार आफुनै भएको अन्तबार्तामा उनीले वताएकी छिन् । म मेरो त्यस बेला बिहा गर्ने निर्णय गलत थियो भन्ने मान्छु तर, यसको जिम्मेवारीपनि सबै मैलेनै लिन्छु किन कि मैले हतार गरेर बिहा गरेको थिएँ । बिहाका बारेमा आफूले अझै समय लिई सोचविचार गरेर निर्णय गर्नु पर्ने थियो, उनले भनेकी छिन् ।
 
मनिषाले सन् २०१० मा नेपालमा जुत्ता व्यवसायमा संलग्न सम्राट दाहालसंग हिन्दु परम्परा अनुसार विवाह गरेकी थिइन् । तर, यो विवाह दुई वर्षमात्र टिक्यो । सन् २०१२ मा सम्बन्ध विच्छेद भएको थियो । हिन्दी सिनेमामा चर्चाको शिखरवाट आरोलो लागेका वेला उनले विवाह गर्ने निर्णय गरेकी थिइन । यो विवाहपछि उनलाई पुन सिनेमा स्थापित हुन झन् कठिन भयो । 
 
केही वर्ष अघि मनिषालाई क्यान्सर देखियो । अमेरिकामा उपचारपछि क्यान्सर निको भएको थियो । अहिले उनी मुम्बईमा करियरमा फर्किन खोजिरहेकी छिन् । अहिले उनी चर्चित फिल्म निर्देशक राजकुमार हिरानीको सञ्जय दत्तको जीवनीमा आधारित फिल्ममा काम गरिरहेकी छिन् । सञ्जय दत्तको आमा त्यस बेला की चर्चित अभिनेत्री नरगिसको भूमिकामा मनिषा देखिने छिन् । 
 
मनिषाले आजकलका युवतीहरु देखेर आफू निकै प्रभावित भएको पनि अन्तवार्तामा वताएकी छिन् । अहिलेका युवती साहसी छन् आफ्नो लक्ष्य तय गर्न र यस अनुसार अघि बढ्न दृढ देखिन्छन यसबाट म प्रभावित छु उनले भनेकी छिन् । केही दिन अघि मनिषाले एक टेलिभिजन कार्यक्रममा विगतमा आफूले जीवनसँग निकै खेलवाड गरेकी वताएकी थिइन् । 
 
चर्चित निर्देशक सुभाष घईको सौदागारवाट हिन्दी फिल्ममा प्रवेश गरेकी मनिषाका थुप्रै सफल सिनेमाहरु छन् । नेपालमा विज्ञापन खेलेर पहिलो पटक पर्दामा देखिएकी मनिषाले नेपाली फिल्म फेरी भेटौंलामा अभिनय गरेपछि बलिउडमा प्रवेश गरेकी थिइन् । मनिषा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी हुन् ।