मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

डिभी २०१८ खुल्यो, पर्‍यो ? अव के गर्ने

डिभी २०१८ खुल्यो, पर्‍यो ? अव के गर्ने


हिमालयखवर संवाददाता
वासिङ्टन डिसी- अमेरिकामा स्थायी बसोबासका लागि आउने सजिलो माध्यम डाइभर्सिटी भिसा २०१८ का लागि फारम भर्नुभएको थियो भने यो खुलेको छ । अमेरिकामा सवैभन्दा कम अप्रवासी भएको देशका लागि भनेर डीभी अमेरिकी सरकारले यस्तो कार्यक्रम ल्याएको हो । यो प्रकृयावाट ५० हजार व्यक्ति अमेरिका आउन सक्छन् । 
 
डीभीका लागि फारम भरेकाले www.dvlottery.state.gov वेवसाइटमा गई आफ्नो नाम र कम्र्फमेशन नम्बर हानेर परे नपरेको हेर्न सकिन्छ । अमेरिकी सरकारले यसवारेमा कुनै पनि पत्रचार गर्दैन न इमेल नै पठाउंछ । कति नेपालीलाई यस बर्ष डीभी पर्यो अहिले सम्म जानकारी आएको छैन । तर, एक पटकमा एउटा देशका लागि ३ हजार ५ सयको सिमा तोकिएको छ । यो भन्दावढीले अमेरिका जान पाउंदैनन् । नेपालमा डीभी अत्याधिक लोकप्रिय छ । प्रत्येक बर्ष हज्जारौंले डीभी फारम भर्दै आएका छन् । प्रतिव्यक्ति जनसंख्याका आधारमा डीभी भर्ने देशमा नेपाल निकै अगाडी पर्छ ।  डीभी परेर अमेरिका आउनेको संख्या पनि उल्लेख्य छ ।
 
डीभी पर्नेले १२ कक्षा उतिर्ण हुन पर्छ । दुई वर्ष कार्य अनुभवका आधारमा पनि अमेरिका डीभीका लागि योग्य हुन सक्छन् । डीभीमा ६ भौगोलिक क्षेत्रका देशले सहभागी हुन पाउने गरि छ्टयाईएको छ । तर, एउटा देशवाट बर्ष वा पटकमा ७ प्रतिशत अर्थात ३ हजार ५ सयले मात्र अमेरिका जान पाउने गरी सिमा तोकिएको छ ।  डीभीमा प्रकृया अनुसार फारम भर्नेलाई कम्युप्टरकृत चिठ्ठा मार्फत छानिने गरिन्छ । यसमा कुनै शुल्क तिर्नु पर्दैन । डिभी परेपछि अमेरिकी राजदुतावासले भने अनुसार प्रकृया पुरा गर्नु पर्छ । अमेरिकामा जानेले त्यहां बसोवासका लागि भने आफैं व्यवस्था गर्नु पर्छ । 
 
भारत, चीन, मक्सिको जस्ता अमेरिकामा अप्रवासी धेरै भएका देशका वासिन्दाले डीभीमा सहभागी हुन पाउंदैनन् । युरोप र अफ्रिकाका धेरै देशले डीभीमा सहभागी हुन पाउंछन् । डीभीका लागि तोकिएको सख्या मध्ये यी क्षेत्रका देशको ८० प्रतिशत हिस्सा हुने गरेको छ । 
 
डीभी अमेरिकामा स्थायि वसोवासका लागि चाहिने ग्रिन कार्ड र अमेरिकी नागरिक हुने सवैभन्दा सजिलो माध्यम हो । ग्रिनकार्ड पाएको पांच बर्षमा तोकिएको फारम भरी समान्य परिक्षा पास गरेपछि अमेरिकी नागरिक हुन पाइन्छ । अमेरिकी नागरिकता लिए पछि उक्त देशको पासपोर्टमा विश्व भ्रमण गर्न पाइनुका साथै मतदान गर्न लगायतका विविध सुविधा पाइन्छ । तर, हाल भईरहेको नेपाली नागरिकता भने त्याग्नु पर्ने हुन्छ । नतिजा यो लिंक मार्फत https://www.dvlottery.state.gov  हेर्न सकिन्छ । 
 
डिभी पर्यो के गर्ने ?
अमेरिकीमा स्थायी बसोवास गर्न चिठ्ठामार्फत पाइने डाईभर्सिटी भिसा (डीभी) पर्यो ? अब देश छाडेर अमेरिका जाने वा नजाने कयौँका मनमा यही प्रश्न खेल्न थाल्छ  । यस पंक्तिकारसँग केही समयअघि काठमाडौँ सडकमा डिभी परेर अमेरिका जान लागेका परिचित भेट भए । म भोलि अमेरिका जान लागेको त्यहाँ कस्तो छ ? उत्तर दिन सबैभन्दा कठिन प्रश्न नै यही हो । सजिलो पनि छ, कठीन पनि छ ।
 
डिभीबाट अमेरिकामा अस्थायी बसोवास गर्न पाइनेमात्र होइन, पाँच वर्षपछि विश्वकै सबैभन्दा शक्तिशाली नागरिकता पनि पाइन्छ । यस अर्थमा यो अवसर हो । तर, देश छाडेर आउँदा प्रत्येक पाइलामा चुनौती पनि सामना गर्नुपर्छ । डिभी पर्यो खुशी भएर अमेरिका जाने सपनामात्र बुन्दै समय खेर नफालौँ ।
 
डिभी परेपछि अमेरिका हेरेर फर्किने पनि छन् । अमेरिकामा आएपछि सबै ठिक पनि हुनसक्छ तर, यसका लागि कडा मिहिनत भने चाहिन्छ । 
 
प्रश्न गर्ने ती परिचितसँग नेपालमा पनि करोडौँको जग्गाजमिन पर्ने सम्पत्ति थियो । उनी परिवारसहित आए । केही साता आफन्तकहाँ बसे । भेटघाट घुमघाम गरे । पुनः फर्किए । लामो समय उनी नेपालमा रहेको सामाजिक सञ्जालमा देखिन्थ्यो । झण्डै ९० हजार नेपालका विभिन्न शरणार्थी क्याम्पका रहेका नेपाली बोल्ने भुटानी अमेरिका आए । कयौँले यहांँ विभिन्न खालका समस्या भोग्दै छन् । 
 
 डीभी अमेरिकी सरकारले चिठ्ठामार्फत दिने स्थायी बसोवास गर्ने अनुमतिमात्र हो । डीभी परेको छ भने तोकिएका प्रक्रिया पूरा गर्नेले करिब एक वर्षभित्र अमेरिकामा स्थायी बसाईं र ग्रीनकार्ड पाउँछन् । चार वर्ष ९ महिनापछि अमेरिकी नागरिक बन्नका लागि दरखास्त दिन सकिन्छ । डीभी परेर आउँदा अमेरिकामा काम खोज्नेदेखि बस्ने खर्च भने सबै आफैँले गर्नुपर्छ । अमेरिका पुगेपछि सबै आफैँ ठीक हुन्छ, सजिलै काम पाइन्छ पैसा आउँछ भन्ने सोच गलत हो । अमेरिका ज्यादै धेरै अवसर भएको देश हो । तर प्रत्येक पाइलामा चुनौती पनि सामना गर्नुपर्छ । सुरूका केही वर्ष त सिक्न नै समय लाग्छ । 
 
अमेरिकीहरुको जीवनस्तर निकैमाथि छ । यहाँ मोटर, वातानुकुलित घर, २४ घण्टा तातो चिसोपानी, पर्याप्त खाना न्यूनतम आवश्यकता हुन् । संसारका राम्रा समान र नयाँ वस्तु सबै पहिले यही बजारमा आउँछन् । तर, यसअनुसार सुविधा उपयोग गर्न आम्दानी पनि बढी नै चाहिन्छ । काम छैन भने आम्दानी हँुदैन । त्यसैले यहाँ चाहिने आवश्यकता जुटाउन अनुशासित भई मेसिनजस्तो काममा लागिरहनु पर्छ । आम्दानी छैन भने फोन पनि हँुदैन । यहाँ एकपटक लेनदेन व्यवहार क्रेडिट बिग्रियो भने जीवन निकै कठिन हुन्छ । फोन, अपार्टमेण्ट लिनदेखि कार किन्नसम्म कठिन हुन्छ ।सुविधा जुटाउन आम्दानी गर्नु पर्ने भएकाले यहाँ सधैँ व्यस्त बनाउँछ । 
 
डिभी परेपछि पहिलो समस्या हो अमेरिकामा कहाँ बस्ने ? अमेरिकामा नेपालभन्दा क्षेत्रफलका आधारमा २३ गुना ठूलो छ । भारतभन्दा क्षेत्रफलमा ३ गुना ठूलो छ । न्युयोर्क एकतिर छ भने क्यालिफोर्निया अर्को दिशातिर पर्छ । यो दूरी जहाजमा पुग्न सिधा उडानमा पनि ५ घण्टाभन्दा बढी लाग्छ । नेपालबाट नयाँ दिल्ली साढे १ घण्टामा पुगिन्छ । बैंकक पुग्न ३ घण्टा लाग्दैन । ४ घण्टामा खाडी मुलुक पुगिन्छ । यसले पनि अमेरिका कति ठूलो रहेछ अनुमान गर्न सकिन्छ ।
 
जहाँ आफ्ना मनमिल्ने आफन्त वा साथीभाइ छन्, सुरूमा त्यहीँ जाने हो ।  तर, धेरै दिन त्यहीँ बस्ने सोच नबनाउँदा राम्रो हुन्छ । सकेसम्म आफन्तकहाँ थोरै दिन बस्ने योजना बनाउनु नै राम्रो हुन्छ । तर, डिभी भरेर आउँदा बस्ने कोठा वा अपार्टमेण्ट लिन सजिलो हँुदैन । यहाँ राम्रो स्थानमा अपार्टमेण्ट लिन क्रेडिट चेक हुन्छ । सुरूमा अमेरिका आउँदा क्रेडिट हुँदैन । अर्कोको नाममा कोठा लिनुपर्ने अवस्था पनि आउँछ । त्यसपछि काम, बालबच्चा छन् भने स्कुललगायतको व्यवस्था गर्नुपर्ने हुन्छ । 
 
अमेरिकामा नेपालीले दक्षदेखि सामान्य काम गरिरहेका छन् । तर, ठूलो संख्यामा नेपाली समान्य काममै अल्झिएका छन् । सामान्य काम भनेको प्रतिघण्टा ८ देखि १५ अमेरिकी डलरसम्मको काम हो । सातामा ४० घण्टा कामलाई फुलटाइम मानिन्छ । यसअनुसार औषतमा घण्टाको १० डलरको काम छ भने महिनामा १६०० डलर हुन्छ । यसमा कर कट्टी गर्दा झण्डै १४०० हातमा पर्छ । यो कमाईले अमेरिकामा बस्न र खान ठिक हुन्छ । पैसा बचाई ओभर टाइम वा थप काम गर्नु पर्ने हुन्छ ।
 
उपभोग्य समाग्री बेच्ने पसल, ब्युटी पार्लर, ग्यास स्टेशन (पेट्रोल पम्प), रेष्टुरेण्टमा समान्य काम गर्ने थुप्रै नेपाली भेटिन्छन् । सुरू सुरूमा भारतीय व्यवसायीहरु नेपालीका सबैभन्दा बढी रोजगारदाता हुन् । न्यूयोर्क, सानफ्रान्सिस्कोलगायतका सहरमा ट्याक्सी चलाउने नेपालीको सख्या पनि सयभन्दा बढी छ । ट्याक्सी चलाउँदा आम्दानी समान्यभन्दा निकै बढी हुन्छ ।
 
अमेरिकामा राम्रो काम पाउने प्राविधिक ज्ञान भएका डाक्टर, इन्जिनियर, नर्सहरुलाई भने सजिलो छ । तर, केही समय फारम भर्दै बिताउनुपर्ने हुन्छ । विषयगत दक्षता भएकाले पनि योग्यताअनुसारको काम पाउन ९ महिनासम्म पर्खनुपर्छ । अन्य विषयमा नेपाली विश्वविद्यालयको डिग्री छ, भने योग्यताअनुसारको काम पाउन कठिन हुन्छ । बढी समय लाग्न सक्छ ।
 
यस्तो डिग्री भएर पनि सामान्य काममा धेरै नेपाली अल्झिएका छन् । अमेरिकामा काम पाउने मुख्य आधार भनेको चिनजान नै हो । विभिन्न सर्वेक्षणले पनि ६० प्रतिशतभन्दा बढी रोजगार सिफारिसका आधारमा भर्ने गरिएको देखाएका छन् । सानो पदमा छिर्ने र विस्तारै आफ्नो क्षमता र योग्यताले माथि पुग्न सकिन्छ ।
 
सम्पर्क विस्तार हुँदै गएपछि राम्रो र बढी सुविधा पाइने काम पनि पाइन्छ । अमेरिकी विश्वविद्यालयतवाट डिग्री, व्यावसायिक तालिम लिनु वा आफैँ व्यापार व्यवसाय गर्ने हो भने यहाँ बढी आम्दानी गर्न सकिन्छ । डीभी परेर परिवारसहित आउनेले यहाँ बस्नका लागि केही खर्च जोहो गरेर आउनु उपयुक्त हुन्छ । सामान्यदेखि योग्यताअनुसारको काम पाउन २ तीन महिना वा बढी समय लाग्न सक्छ । त्यसबेलासम्म खान बस्न खर्च समस्या नहोस् । त्यसअनुसारको खर्च जोहो गर्दा अरुमा भर पर्नु पर्दैन ।
 
अमेरिकामा परिवारसहित आउँदा एकजनाले मात्र कमाएर खर्च जुटाउन कठिन हुन्छ । दुई जना कमाउने सदस्य छन् भने बचत गर्न सकिन्छ । स्कुल पढ्ने वा साना  केटाकेटी छन् भने चिन्ता गर्नु पर्दैन । बालबालिकाका लागि यहाँ धेरै सुविधाहरु छन् । यहाँ सरकारी स्कुल पठाउँदा शुल्क तिर्नु पर्दैन । जहाँ बस्ने हो त्यहीँको स्कुल पठाउनुपर्ने हुन्छ । त्यसैले स्कुल राम्रो भएको स्थान हेरेर बसे पुग्छ । यस्तै न्यून आम्दानी हुनेका लागि बालबालिका लागि स्वास्थ्य पनि निःशुल्क हुन्छ । बालबालिका लागि आफ्नो संस्कार कसरी दिने यसमा भने सचेत हुनुपर्छ । स्कुल पठाएपछि नेपाली भाषाभन्दा अंग्रजी बोल्ने हुन्छन् यहीको संस्कारमा रमाउँछन् । जुन अभिभावकलाई उचित नलाग्न सक्छ ।
 
बसाईंसराई सजिलो हुँदैन । त्यो पनि भाषा, संस्कृति छुट्टै भएको सात समुन्द्रपारीको देशमा बस्नु कम चुनौतीपूर्ण हँुदैन । प्रत्येक पाइलामा सिक्नुपर्ने चुनौती हुन्छ । त्यसैले प्रायः बसाईंसराई गर्नेहरु भन्छन् कयौँ रातहरु रोएर बिताएँ । यूएसए भनेको यु स्ट्रेट अगेन अर्थात फेरि नयाँ सुरूआत भन्ने साँच्चै रहेछ भनेर स्वीकार्ने धेरै छन् । अमेरिकामा स्थायी बसोवास नयाँ जीवन सुरुआतजस्तै हो । पहिलो समस्या भाषा हो ।
 
अंग्रजी भाषामा दख्खल छैन भने पहिलो समस्या यही हुन्छ । भाषा पहिलो आवश्यकता हो । अंग्रजी बोल्न र बुझ्न कठिन भए काम पाउन पनि गाह्रो हुन्छ । यस्तो अवस्थामा अंग्रेजी भाषा सिक्नु राम्रो हुन्छ । भाषा जति बोल्दै गयो उत्ति नै सिक्न सकिन्छ । भनिन्छ, कुनै भाषा सिक्नु छ भने बालकजस्तो बन । अर्थात बालकले जस्तो नलजाइकन सिक्दै जाँदा भाषा आउँछ । केही समय भाषा सिक्न जाँदा फाइदा नै हुन्छ ।
 
भाषापछि अर्को समस्या ड्राईभिङ हो । न्यूयोर्क सानफ्रान्सिस्सको जस्ता ठूला सहरबाहेक अन्य स्थानमा सार्वजनिक यातायात सुविधा पातलो छ । अमेरिकाले व्यक्तिगत सवारी साधनलाई बढावा दिन सार्वजनिक यातायात प्रभावकारी बनाएको हो । मोटर न्यूनतम आवश्यकतामा जस्तै हो । यहाँ ड्राईभर राख्ने कल्पना पनि गर्न सकिँदैन । अर्थात यो निकै महंगो पर्छ ।
 
सहरमा अपार्टमेण्ट लिएर बस्दा महंगोपर्ने टाढा जाँदा सार्वजनिक यातायात पातलो हुँदा अप्ठ्यारो पर्छ । त्यसैले ड्राईभिङमा दक्षता अर्को चाहिने आवश्यकता हो । मोटर चलाउन जानेको छ भने सक्रियता बढ्छ राम्रो र बढी पैसा पाइने काम गर्न टाढा पनि जान सकिन्छ । कुनै विषयमा सीप हुनु अर्को सकारात्मक पक्ष हो । राम्रो कुक, व्यूटीपार्लर सेवामा दक्षलगायतका क्षेत्रमा सीप छ भने पनि बढी सुविधा पाइने काम पाइन्छ । चाख भएको विषयमा सीप सिकेर आउँदा राम्रो हुुन्छ ।
 
विदेशमा स्थायी रुपमा बस्दा केही समयसम्म मनमा थुप्रै विरोधाभास चलिरहन्छ । आफ्नो गाउँठाउँको साथी नाता सम्बन्धको सम्झनाले सताइरहन्छ । नेपालमा दशैँतिहारको रमझम हुँदा यहाँ काममा जानुपर्ने बाध्यताले सताउँछ । नेपालको समयमा दशैँ टिका लगाउने कि अमेरिकाको यस्ता थुप्रै प्रश्नमा केही वर्षसम्म मनमा खेलिरहन्छन् । नेपालमा आफ्ना निकट परिवारमा जन्म, मृत्यु, विवाहलगायतका खबर सुनेर चित्त बुझाउनुपर्ने हुन्छ । कहिलेकाहीँ रातबिरातमा आउने फोनको घण्टीले के नराम्रो समाचार सुन्नु पलाई भनेर तर्साउँछन् ।
 
नेपालमा सरकारी जागिर छ वा राम्रो काम पाइरहेको छ भने त्यो छाडेर आउनुपर्ने हुन्छ । ग्रीनकार्ड लिने सरकारी कर्मचारीले राजीनामा दिनुपर्ने नियम मन्त्रिपरिषद्ले पारित गरेको छ । डीभी परेर आएपछि लामो समय नेपाल बस्न सकिँदैन । काममा बिदा नमिल्ने, विभिन्न बिल तिर्नु पर्ने दायित्वजस्ता कारणले पनि लामो समय नेपाल बिताउन सकिँदैन । त्यसैले अमेरिका बस्दा पहिलेको काम छाड्नैपर्छ । 
 



यो पनि पढ्नुहोस् 

अमेरिकामा नव–आगन्तुकले