मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

लोडसेडिङ अन्त्यको वास्तविकता अब फिल्ममा (भिडियो)

लोडसेडिङ अन्त्यको वास्तविकता अब फिल्ममा (भिडियो)


लोडसेडिङमुक्त देश बनाउने अभियानको कथावस्तुमा केन्द्रित चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको हो । 
 
उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिनुभएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई चलचित्रमा देखाइएको छ । उनीहरुको इच्छाशक्तिका कारण उर्जा क्षेत्रमा आएको नाटकीय परिर्वतन र सकारात्मक प्रभावलाई चलचित्रमा चित्रित गरिएको छ । चलचित्रले विद्युत उत्पादन बढाएर देश उज्यालो बनाउने मन्त्री शर्माको अठोट र विद्युतको उचित व्यवस्थापनमा कुलमान घिसिङले देखाएको कुशलतालाई प्रस्ट गरेको छ ।
 
महानायक राजेश हमाल ‘उज्यालो नेपाल’ चलचित्रमा मन्त्रीको भूमिकामा देखिएका छन् भने पाइलट विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन् । चलचित्रमा विद्युत विकासमा देखिएका समस्या र चालिएका कदमहरुलाई पनि देखाउन खोजीएको छ ।
 
शुभ मिडिया होम प्रा.लिले निर्माण गरेको यस चलचित्रमा अभिमन्यु निरवीको कथा रहेको छ । सरोज ओलीको निर्देशन रहेको चलचित्रमा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ । नेपाल टेलिभिजनमा प्रसारण भइसकेको चलचित्र ‘उज्यालो नेपाल’ युट्युबमा पनि सार्वजनिक गरिएको छ ।
 
हेर्नुहोस् भिडियो ।