मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अमेरिकामा कलाकार क्षेत्री सहयोग अभियान सुरु (भिडियो अन्तरबार्ता सहित)

अमेरिकामा कलाकार क्षेत्री सहयोग अभियान सुरु (भिडियो अन्तरबार्ता सहित)


हिमालय खबर संबाददाता-
टेक्सस (अमेरिका)। बिरामी अवस्थामा रहेका कलाकार दीपक क्षेत्रीको उपचारार्थ अमेरिकामा रहेका नेपाली कलाकार तथा शूभेच्छुकहरुले सहयोग संकलन सुरु गरेका छन् ।
 
सुरेश दर्पणको सकृयतामा सुरु भएको यो अभियानमा सातहजार पाँचसय डलर संकलन भैसकेको छ । क्षेत्री लामो समयदेखि घाँटीमा पलाएको मासुका कारण गंभिर बिरामी छन् । उनको स्वर भासिएको र बोल्दा लरबराउने समस्या छ ।
 
क्षेत्रीको उपचारमा सहयोगका लागि अमेरिकामा रहेका नेपाली कलाकारहरु नारायण त्रिपाठीदेखि कृष्टी मैनाली, जल शाह, राजबल्लभ कोइराला, सज्जा मैनाली, किरण प्रताप केसी, अरुणिमा लम्साल लगायतले सकृय सहयोग गरेका छन् । 
 
उनको उपचारका लागि कलाकार दीपक क्षेत्री उपचार सहयोग अभियान सुरु भएको छ । व्यक्तिगत रुपमा र गोफण्डमा खाता खोलेर सहयोग संकलन सुरु भएको अभियानका संयोजक सुरेश दर्पणले जानकारी दिए । 
 
कलाकार क्षेत्रीले सयौँ नेपाली चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो समयमा उनले अभिनय गरेको झोला चलचित्रको भूमिका अति जीवन्त रहेको छ । उनलाई सहयोग गर्न चाहने महानुभावले गोफण्डमा गएर सहयोग गर्न सकिने जनाइएको छ ।