मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अमेरिकाको ह्यूस्टन एनआरजी स्टेडिएममा ‘टेक्सस रोडियो’

अमेरिकाको ह्यूस्टन एनआरजी स्टेडिएममा ‘टेक्सस रोडियो’


अमेरिका (टेक्सस)- टेक्सस ह्यूस्टन स्थित प्रसिद्ध एनआरजी स्टेडियमा अहिले टेक्सस रोडियो चलिरहेको छ ।  बालबालिका र युवा युवतीका लागि विभिन्न खेल, केवलकार लगायत थुप्रै स्थानीय उत्पादनका विक्री कक्षहरु त्यहाँ राखिएका छन् । 
 
पशुपालन कसरी गरिन्छ देखाउन राखिएका थुप्रै जनवारपनि त्यहाँ हेर्न सकिन्छ । प्रवेशका लागि १० डलरको टिकट लाग्छ भने साँझ कन्सर्ट र रोडियो हेर्न थप पैसा तिर्नु पर्छ । रोडियो घोडा र गोरु लगायत जनवारमा चढेर प्रर्दशनकर्ताले बुर्कुसी मार्ने खेल हो ।
 
स्थानीय खाना र पेय पदार्थहरु पनि त्यहाँ उपलब्ध हुन्छन् । थोरै समय भन्दा केही लामो समय विताउने गरी परिवारसँग जाँदा उपयुक्त हुन्छ । अमेरिकी समाजका विभिन्न रंगहरु हेर्ने यो अवसर पनि हो । 
 
प्रत्येक वर्ष स्कुलमा स्प्रिगं बिदा हुने समयमा आयोजना हुने यो प्रर्दशनी मार्च महिना ३ देखि सुरु भई मार्च अन्तिम सम्म चल्छ ।  बिदाका दिन र साँझ तिर अत्याधिक भिडाभाड हुने गर्छ । बढी समय लिएर रमाइलो गर्ने हो भने बिदा वाहेकका दिनमा दिउसो तिर जाँदा उपयुक्त हुन्छ ।