मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

ओस्कार अवार्ड : ला ला ल्याण्डले बाजी मार्यो (भिडियो सहित)

ओस्कार अवार्ड : ला ला ल्याण्डले बाजी मार्यो (भिडियो सहित)


हिमालयखवर संवाददाता
अमेरिका- विश्वकै सबैभन्दा ठुलो मनोरञ्जन उद्योग हलिउडको प्रतिष्ठित एकेडेमी अवार्ड  (ओस्कार) मा यस वर्ष ला ला ल्याण्डले  बाजी मारेको छ ।  म्युजिल, कमेडी, ड्रामा र रोमान्सको मिश्रिण रहेको ला ला ल्याण्ड १४ विद्यामा अन्तिम प्रतिस्पर्धामा परेको थियो । जस मध्ये सर्वोकृष्ट फिल्म निर्देशक  सहित ६ विद्यामा ला ला ल्याण्डले अवार्ड आफ्नो हातमा पारेको छ । 
 
वेष्ट फिल्मको अवार्डभने नाटकिय रूपमा मुनलाइटको पक्षमा गएको छ । अवार्ड घोषणा उद्घोषले गल्तीवस ला ला ल्याण्डको नाम लिएका थिए । यो घोषणासंगै ला ला ल्याण्डका निर्देशक कलाकार मञ्चमा अवार्ड लिन पुगेका थिए । तर, पछि मुनलाइटले पाएको घोषणा गरिएको थियो ।  
 
मनोरञ्जन उद्योगसंग सम्बन्धित कार्यक्रम भए पनि अवार्ड समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रावासी प्रति कडाई गर्ने नीतिको विरोध पनि भयो । विदेशी क्याटगरीमा सर्वोकृष्ट फिल्ममा इरानी निर्देशक अगसर फरहादीको द सेल्समेनले अवाई पायो । पुरस्कृत इरानी निर्देशकले समारोहमा उपस्थित थिएनन् । उनले पठाएको लिखित सन्देशमा आफ्नो देशका नागरिकलाई यात्रा वन्देज लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्प नीतिको विरोध गरे । ओस्कार अमेरिकाको मात्र होइन कला सङ्गीत र सिनेमा सिमाना हुदैंन भन्ने सन्देश सहभागीले दिएका थिए । सिरियाका द्धन्द्धरत क्षेत्रसँग सवन्धित ह्वाईट हेलमेटले बेस्ट डकुमेन्ट्रको अवार्ड जित्यो ।  
 
सन् १९९७ मा प्रर्दशन भएको टाइटेनिक जतिनै विद्यामा ला ला ल्याण्ड नोमिनेशनमा परेको थियो । तर, टाइटेनिकको अवार्ड रेकर्ड भने तोड्न सकेन । ३ करोड अमेरिकी डलर झन्डै ३ अर्ब २० करोड रुपैंयामा निमार्ण भएको ला ला ल्याण्डले सन् २०१६ मा बक्स अफिसमा पनि बाजी मार्दै कुल ३४ करोड ३० लाख डलर (करिब ३५ अर्ब नेपाली रुपैंया) कमाएको थियो । हलिउड चलचित्र समीक्षामा नामुद रोटन टमाटोजले ला ला ल्याण्डलाई १० मा साढे ८ भन्दा बढी नम्बर दिएको थियो । ला ला ल्याण्डको यस अघि भएको अर्को प्रतिष्ठित चलचित्र पुरष्रका गोल्डेन ग्लोबमापनि ७ वटा विद्यामा उत्कृष्ठ अवार्ड पाई रकेर्ड राखेको थियो । 
 
टेलिभिजन कार्यक्रम प्रस्तोता जिमी किमलले ओष्कारको आइतबार भएको ८९ औँ श्रृखला होष्ट गरेका थिए । हलिउड सहर लसएञ्जल्समा स्थित डब्ली थियटरमा भएको समारोहमा हडिउडका एक से एक चलचित्र कर्मीको सहभागिता थियो । 
 
स्लमडग मिलिनेरमा देखिएका देव पटेल लाइन फिल्मका लागि वेष्ट सर्पोटिगं एक्टरमा नोमिनेशनमा परेका थिए । तर, उनले यसपटक नोमिनेशनमै चित्त वुझाउनु पर्‍यो । रेड कार्पेटमा भारतीय नायिका प्रियंका चोपडापनि देखिएकी थिइन ।