मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

ईबी-५ कार्यक्रमबाट ग्रिनकार्ड लिने हो ? छिटो गरौँ

ईबी-५ कार्यक्रमबाट ग्रिनकार्ड लिने हो ? छिटो गरौँ


मेरिका- अमेरिकामा कुनैपनि व्यवसायमा पैसा लगानी गरी स्थायी बसोवास अनुमति (ग्रीनकार्ड) लिने इच्छा छ ? यदी हो भने आउने अप्रिल अघिनै प्रकृया वढाउँदा सजिलो हुनेछ । 
 
अमेरिकी सरकारले विदेशी लगानीकर्तालाई दिँदै आएको ईबी-५ भिषा कार्यक्रममा आउने अप्रिल १ देखि फेरवदल गरी महँगो र थप शर्त राख्न लागिएको छ । यसैले छिटो फाइल गर्दा फाइदा लिन सकिन्छ । 
 
अमेरिकाले आफ्नो अर्थतन्त्र विस्तार र रोजगार बृध्दिका लागि विदेशी लगानी भित्राउन सन् १९९० मा व्यवसायमा पैसा लगानी गरेर पाइने ईबी-५ भिषा कार्यक्रम सुरू गरेको थियो । लगानी गर्नसक्ने र अमेरिकामा व्यवसाय गर्न चाहनेका लागि यो ग्रीनकार्ड पाउने सवैभन्दा सजिलो उपाय मानिन्छ । यसरी ग्रीनकार्ड पाएपछि पत्नी र २१ बर्ष भन्दा तलका सन्तानपनि स्थायी बसोवासका लागि अमेरिका आउन पाउँछन् । 
 
यो कार्यक्रम अन्गर्तत ग्रीनकार्ड प्राप्त गर्न कम्तिमा अमेरिकामा १० लाख अमेरिकी डलर (करिव ११ करोड नेपाली रुपैंया) लगानी गरी व्यवसाय सुरू गर्नुपर्छ । यो लगानी कानुन अनुसार विदेशवाट ल्याएको पुष्टि भने गर्नु पर्छ । यो लगानीवाट १० जनालाई फुलटाइम (पुर्णकालिन) रोजगार सृजना गर्नुपर्ने अर्को शर्त पुरा हुन पर्छ । अमेरिकामा पनि आर्थिक रुपमा पछाडी परेको स्थानमा भने यो भिसा आधा अर्थात कम्तिमा ५ लाख डलर लगानी गरेर १० जनालाई रोजगार सृजना गरेको अवस्थामा पनि प्राप्त गर्न सकिने व्यवस्था छ । 
 
यसरी लगानी ल्याउन तोकिएको निकायवाट स्विकृत प्राप्त गरेको झण्डै दुइ बर्ष भित्र ईबी—५ अन्तर्गत ग्रीनकार्ड प्राप्त हुन्छ । यसपछि नियमानुसार अमेरिकी नागरिक पनि बन्न सकिन्छ । आउने अप्रिलदेखि यो न्युनतम लगानी रकम वढ्ने संभावना देखिएको छ । केही दिन अघि अमेरिकाको यो भिषासँग सम्वन्धित निकायले ईबी—५ भिषा कार्यक्रममा फेरबदलको प्रस्ताव गरेको छ । यो प्रस्ताव लागु भए कम्तिमा पनि साढे १३ लाख अमेरिकी डलर लगानी गर्नु पर्ने हुन्छ । 
 
यसबाहेक अन्य बिभिन्न शर्तहरु पनि यसमा थपिएका छन् । यो भिषा कार्यक्रमवाट चीनका व्यवसायीले सवैभन्दा बढी फाइदा लिएका छन् । तथ्यांक अनुसार गत बर्ष ८ हजार भन्दा वढी चीनका व्यवसायी यो भिषा कार्यक्रमवाट फाइदा लिएका थिए । 
 
भारतका लगानीकर्तामा पनि यस भिषा कार्यक्रम प्रति चासो बढेको छ । केही महिना यता यो कार्यक्रम अन्तर्गत निवेदन दिने भारतीयको संख्या अत्याधिक वढेको संचारमाध्यमले जनाएका छन् । अमेरिकाको ग्रीनकार्ड वा नागरिकता लिँदा जहाँ सम्पत्ति आर्जन गरेपनि अमेरिकामानै कर दाखिला गर्नु पर्छ । 
 
नेपाल र अमेरिका बीच दोहोरो कर माफी सम्झौता अहिलेसम्म नभएकाले ग्रीनकार्ड लिनेले नेपालमा कमाएको आम्दानीमा पनि दुवै तर्फकर तिर्नुपर्ने हुन्छ । यो भने बेफाइदा हो । नेपालवाट भने सिधै पैसा ल्याउन सकिदैंन । तर, केही घुमाउरो माध्यमवाट यसरी पैसा ल्याई ग्रीनकार्ड प्राप्त गर्ने नेपाली पनि छन् ।