मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   

नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रेस-विज्ञप्ति

नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रेस-विज्ञप्ति


आदरणिय साथिहरू,

जय नेपाल !

नेपाली जनसंपर्क समिति अमेरिकाले करिब, १० बर्षे लामो आफ्नो आन्तरिक विवादलाई अन्त्य गर्दै, दुई बर्ष अघि नोबेम्भर २२/२३/२०१४ का दिन ,टेक्सास राज्यको डलास शहरमा भएको एकताको दोस्रो अधिवेशन बाट एउटा निर्वाचित समितिको छनौट गरेको कुरा हामी सबैमा जगजाहेर छ । उक्त एकताको अधिवेशनले दिएको संन्देश र भावनालाई आत्माबोध गर्न नसक्दा, संगठन सहज ढंगले चल्न नसकेको ईतिहास पनि हामी संग ताजै छ । जसका कारण संस्थामा पुन: विवाद भित्री, विभिन्न समयमा, विविध किसिमका समस्या, कठिनाई र असमतिहरू पैदा भई, संगठनले आफ्नो नियमित बार्षिक साधरण सभा समेत गर्न नसकेको तितो यथार्थ हामी संग छ ।

यिनै कुरालाई बिशेष ध्यानमा राखि एकताको खातिर गत जनवरी १४,२०१७ मा टेक्सासको डलास शहरमा बसेको नेपाली जनसंपर्क समिति अमेरिकाको उपलब्ध, केन्द्रीय समितिको आकस्मिक बैठकले आम साथिहरूको भावना र चाँहनाको कदर गर्दै ,संस्थामा देखिएको सम्पुर्ण विवादको अन्त्य गरे पछि संगठनमा नयाँ उर्जा र जागरण थपिएको छ । यस संगठनमा एकता ल्याउँनका लागि विभिन्न चरणमा पहल गर्नुहुने नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोईराला, केन्द्रीय सदस्य डा.प्रकाश शरण महत, केन्द्रीय सदस्य बिर बहादुर बलायर, केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ लगायत सबैलाई नेपाली जनसंपर्क समिति अमेरिका धन्यवाद व्यक्त गर्दछ ।

अहिले यस्तो सिंगो संगठनमा एकता छाएको वेला, सबै च्याप्टरहरूको अधिवेशन गराई संस्थाको केन्द्रीय अधिवेशन समयमा नै सम्पन्न गर्नु पर्ने हामीमा एकातिर नैतिक जिम्मेवारी छ भने, अर्कोतिर, उक्त अधिवेशन गराउँनका निमित्त सुरूका दिन देखि नै संस्थाको विधान र च्याप्टर गाईट लाईनमा देखिएको गम्भीर विवाद र समस्याहरूको चाँडै अन्त्यगरी एकरूपता ल्याउँन अत्यावशक छ । यी र यस्ता संस्थामा देखिएका अनेक विवाद र समस्याहरूको एकै साथ समाधान गरी संगठनको धमनीमा नयाँ रक्त संन्चार गराउँनका लागि “साधरण सभा” मात्र एउटा अपरिहार्य विकल्प भएको कुरा हाम्रो केन्द्रीय समितिले महसुस गरेको छ ।

त्यसैले यहि, फेव्रेवरी ५ तारिक २०१७ आईतवारका दिन बसेको समितिको कन्फरेन्स बैठकले आउँदो अप्रिल ८ तारीक २०१७ शनिवारका दिन संस्थाको साधरण सभा गर्ने निर्णय गर्दै, फेव्रेवरी ८ तारीक २०१७ बुधवारका दिन परामर्शका लागि च्याप्टर सभापतिहरू संग बसेको सम्युक्त कन्फरेन्स बैठक पछि सबैलाई पायक पर्ने स्थान:- भर्जिनिया राज्यमा संस्थाको पहिलो साधरण सभा गर्ने निर्णय गरेको छ ।

त्यसैले सबै विमतिहरूको अन्त्य गर्दै, संगठनलाई अझ मजबुद, बलियो र एक ढिक्का बनाउँने उदेश्यले गर्न लागिएको यो “साधरण सभा”लाई सभ्य र भव्य रूपमा सफल बनाउँनका लागि आउँदो अप्रिल ८ तारीक २०१७ शनिवारका दिन भर्जिनिया राज्यमा, नेपाली काँग्रेसका अग्रजहरू,महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि ज्युहरू, नेपाली जनसंपर्क समिति अमेरिकाका पुर्व एवं वर्तमान सल्लाहकार ज्युहरू, पुर्व संयोजक ज्युहरु, कार्यसमितिका पुर्व एवं वर्तमान साथिहरू, सबै च्याप्टरका पुर्व एवं वर्तमान सभापति ज्युहरू तथा च्याप्टर संग आवद्द समितिका साथिहरू, शुभचिन्तक,शुभेच्छुक,विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरू लोकतन्त्र प्रति आस्थावान साथिहरू,बुद्दीजिवि, प्रत्रकार,कलाकार,साहित्यकार, व्यापारी लगायत आम जनसमुदयमा  उपस्थितिको लागि नेपाली जनसंपर्क समिति अमेरिका हार्दिक बिनम्र अनुरोध गर्दछ । धन्यवाद

मुनिन्द्र नेम्वाङ

 महासचिव

 नेपाली जनसंपर्क समिति अमेरीका

 Date:- FEB,12, 2017.