मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

प्रेमदिवसमा अन्जको कोसेली(भिडियो सहित)

प्रेमदिवसमा अन्जको कोसेली(भिडियो सहित)


प्रेमदिवसलाई लक्षित गरेर गायिका अन्जु पन्तको नयाँ गीत, भिडियो सहित सार्वजनिक गरिएकोछ। "जिन्दगीको प्राप्ति तिमी" बोलको यो प्रेमिल गीत आफ्ना श्रोताहरुलाई भ्यालेन्टाइनको कोसेली भएको उनी बताउँछिन। "मलाई आशा छ मेरो यो कोसेलीलाई श्रोता दर्शकहरुले सहर्ष स्विकार्नु हुनेछ " अन्जु भन्छिन। 
 
चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतले सजिएको यस गीतको छायांकन लण्डनको रमणिय स्थानमा गरिएकोछ। यसको निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन। जो पछिल्लो समय म्युजिक भिडियोमा आफ्नो मेकिङ्ग र अत्याधुनिक प्रबिधि प्रयोगका कारण लण्डनका नेपालीहरु माझ चर्चित छन। यो गीतमा गीतमा प्रस्तुति र प्रबिधिको राम्रो तालमेल देख्न सकिने उनी बताउँछन। 
 
गीतकार नृपेश उप्रेतीको एल्बम आहान अर्को खुशीमा समाबेश यस गीतको म्युजिक भिडियोमा बिकेश र अनुले  रोमान्स गरेकाछन्।