मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

वाचन शिरोमणि नारायणप्रसादको झल्को दिने युवा (भिडियोसहित)

वाचन शिरोमणि नारायणप्रसादको झल्को दिने युवा (भिडियोसहित)


चितवन  । स्वर्गीय नारायणप्रसाद पोखरेल हामी सबै नेपालीको मनमा बस्न सफल वाचक थिए । उनको योगदान धार्मिक तथा सामाजिक क्षेत्रमा उत्तिकै प्रशंसनीय रहिआएको छ । तत्कालीन सशस्त्र विद्रोहका क्रममा उनै नारायणप्रसाद, जसले नेपाल र नेपाली सनातनी हिन्दु धर्मको लागि डटेर लागिपरेका थिए । तर, त्यही समयमा उनको अज्ञात समूहबाट हत्या भयो । 
 
त्यस्तै प्रकृतिका स्वभावका साथै उनको आवाजलाई स्मरण गर्ने गरी आउँदै छ्न्- सुमधुर आवाजका धनी चितवनका युवा ईश्वर रेग्मी । जन्मथलो गोरखा भई हाल चितवनको रत्ननगर-१५, पिठुवामा बसोबास गर्ने ईश्वर नामजस्तै प्रतिभावान् छन् । 
 
उनका पिता पनि अकल्पनीय आवाजका धनी हुन् । उनी पनि भागवत वाचनमा उत्तिकै सक्रिय रहँदै आएका छन् । उनी यतिबेला चितवनलगायत छिमेकी जिल्लाहरुमा व्यस्त रहँदै आएका छन् ।
 
कक्षा १२ सम्मको उच्च शिक्षा हासिल गरिसकेपछि उनको इच्छा आफ्नो परम्परा र संस्कृतिलाई जोगाउनतर्फ अघि बढेको छ । विगत दुई वर्षदेखि ईश्वर भारतको विन्द्रावनमा भागवत वाचन गर्दै आएका छन् ।
 
अबको केही वर्षपछि आफ्नो अध्ययन सिध्याएर नेपालमै आफ्नो भागवत वाचन यात्रालाई निरंतरता दिने उनको विचार छ । उनले आफ्नै आवाजमा धेरै भजनसङ्ग्रह र लोकदोहोरी गीतहरुका साथै प्रवचनसमेत आफ्नो फेसबुकमा अपलोड गर्दै आएका छन् ।