मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

स्कुल हस्तान्त्ररण तथा उद्धघाटन कार्यक्रममा राजेश हमाल

स्कुल हस्तान्त्ररण तथा उद्धघाटन कार्यक्रममा राजेश हमाल


घाँसी आदर्श समाज नेपाल द्धारा निर्माण गरिएको तँनहु जिल्लाको जामुने स्थित राधा मा.वि.को विद्यालय भवन हस्तान्त्ररण तथा उद्धघाटन कार्यक्रमको लागी महानायक राजेह हमाल सोमबार तनहुँ पुग्नु भएको थियो । चलचित्र जगतमा महानायकको उपादी पाउनु भएका हमाल पछिल्लो समय घाँसी नेपालका मार्नाथ सदस्य भएर अभियान्ताको रुपमा काम गर्दै आउनु भएको छ ।
 
विद्यालय हस्तान्त्ररण कार्यक्रममा बोल्दै हमालले सुरक्षित विद्यालय भवन पनि शिक्षा क्षेत्रमा महत्वपूर्ण अंग भएको  र  शैक्षिक क्षेत्रमा विद्यमान समस्या समाधान को लागी घाँसी नेपालको अभियानले महत्वपूण भुमिका खेल्ने भएकाले आफु यस अभियानमा जोडियन पुनेको बताउनु भएको थियो । उहाँको स्वागतका लागी स्थानिय सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । यस्तै घाँसी नेपालका अध्यक्ष्य माधव प्रसाद घिमिरेले आफुजन्मेकै स्थानबाट सुरु भएको यो अभियान अफ्नो जिवनकालमा नेपाल भरि सञ्चालन गर्ने उद्देश्य रहेकोले यो अभियान दुर दराज र विपन्न समुदायमा केन्द्रित हुने भन्दै सहयोगी हातहरुले हातेमालो गर्नुपर्ने भन्दै अहिले सम्म जो जतिले सहयोग गर्नु भयको छ उहाँहरुलाइ धन्यबाद व्यक्त गर्नु भएको थियो ।
 
उक्त कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी टोप बहादुर श्रेष्ठले घाँसी नेपालले गरेको काम उदारणीय भएकोले आगामि दिनमा यस्ता काम गर्ने जो सुकै सँस्थालाइ सहयोग गर्न आफु पछि नपर्ने भन्दै घाँसी नेपाललाई धन्यवाद व्यक्त गर्नु भयो । यस अघि घाँसी नेपालकै पहलमा विद्यालय भवन निर्माण अभियानलाइ सफल पार्ने उद्देश्यले सहयोग संकलनको लागी अमेरीकाका विभिन्न राज्यहरुमा च्यारीटी सो कार्यक्रममा समेत महत्वपूर्ण भुमिका खेल्नु भएको थियो ।