मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

धुर्मुस सुन्तलीलाई एडिलेटबाट मिल्यो १२ लाख सहयोग, आजै मेलवर्न तर्फ लाग्दै

धुर्मुस सुन्तलीलाई एडिलेटबाट मिल्यो १२ लाख सहयोग, आजै मेलवर्न तर्फ लाग्दै


एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सहयोग जुटाउन अष्ट्रेलिया पुगेका जोडि सितारम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई अष्ट्रेलियाबाट १२ लाख सहयोग रकम प्राप्त भएको छ । अष्ट्रेलियाको एडिलेटमा भएको एक डिनरबाट उक्त रकम संकलन भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताए । 
 
मुसहर बस्ती निर्माणको सहयोगार्थ रकम संकलनका लागी अष्ट्रेलियाबाट उठेको यो दोश्रो ठुलो सहयोग रकम हो । फाउण्डेसनका अध्यक्ष कट्टेलले बताएअनुसार यो अनुमानित भन्दा ठुलो रकम संकलन भएको हो । हिजो अर्थात बिहिबार सांझ भएको फन्ड राईजिङ डिनरबाट १४ हजार ६ सय ५६ डलर नेपाली अन्दाजी १२ लाख ४५ हजार ७ सय ६० रुपैया  सहयोग जुटेको हो । यो रकम एउटा डिनरबाट उठेको रकम हो फाउण्डेसनकी कुञ्जना घिमिरे सुन्तलीले भनिन् यसले झनै उत्साहित बनाएको छ । अष्ट्रेलियाको एडिलेटमा बसोबास गर्ने नेपालीहरु र भुटानी समुदायका नेपालीहरुले देखाएको उक्त सदाशयता प्रति धन्यबाद दिदै उनले सहयोग गर्न चाहने अष्ट्रेलियन बासिहरुलाई समपर्क गर्न पनि आग्रह गरेका छन् । 
 
फाउण्डेसनका अभ्यक्ष कट्टेलले सहयोगको लागी आफ्नो सम्पर्क नम्बर समेत उपलब्ध गराएका छन् । अष्ट्रेलिया नजिक अथवा जुनसुकै देशबाट पनि धुर्मुस सुन्तलीलाई अष्ट्रेलियाको सम्पर्क नम्बर ०४५२१५९८११ मा सम्पर्क गर्न सकिने छ । धुर्मुस सुन्तलीले बताएअनुसार सिधै सम्पर्कको लागी यो नम्बर उपलब्ध गराईएको हो । यसअघि पनि धुर्मुस सुन्तलीलाई अष्ट्रेलियाको सिड्नीमा भएको धुर्मुस सुन्तली सांझबाट १७ लाख रकम संकलन भएको थियो । मुसहर बस्ती निर्माणका लागी जुटेको सम्पुर्ण बिबरण धुर्मुस सुन्तली फाउण्डेसनको अफिसियल फेसबुक पेजमा अपडेट गरिने छ भने वेवसाईटमा पनि समाबेश गरिने छ ।
 
धुर्मुस सुन्तली हिजोको एडिलेटको डिनर पछि आजै मेलबर्न पुग्नेछन् । उननीहरुले बताएअनुसार जनवरी २९ मा मेलवर्नमा एक कार्यक्रमको आयोजना हुदैछ । उनिहरु त्यसै कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका हुन् ।