मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

क्यान्सर अस्पतालमा बेथिति रोकिएन

क्यान्सर अस्पतालमा बेथिति रोकिएन


हिमालय खबर संवाददाता-
पछिल्लो समय बीपी कोइराला क्यान्सर अस्पतालबाट पाउने सेवासुविधाका बारेमा प्रशस्तै गुनासो आएपछि स्वास्थ्य मन्त्री गगन थापाले सुधारको प्रयास सुरू गरे । अस्पताल सञ्चालक समिति र प्रशासनका अधिकारीहरु पनि चिन्तित छन् । अस्पताल सुध्रियो कि सुध्रिएन भन्ने चिन्ता उनीहरुलाई छ । 
 
केही समयअघिसम्म निकै चर्चामा रहने गरेको क्यान्सर अस्पतालको समस्याका बारेमा अहिले खासै सुनिन्न । तर, अस्पतालको सेवामा ठूलै परिवर्तन पनि देखिएको छैन । सञ्चालक समितिले सुधारको योजना बनाउँदै छ । अस्पतालका चिकित्सक, प्राविधिकहरुले बाहिर काम गर्न नपाउने सुरूको व्यवस्था परिवर्तन भएपछि समस्या सुरू भएको निचोडका साथ अब पुरानै नियम व्युताउँने तयारी छ ।
 
क्यान्सर अस्पतालमा काम गर्ने चिकित्सक सो अस्पतालको समय बाहेक चौबीसकोठी क्षेत्रका निजी अस्पतालमा सेवा दिन आउँछन् । सञ्चालक समितिले अब क्यान्सर अस्पतालमा मात्रै सेवा दिनुपर्ने बाहिर काम गर्न नपाउने निर्णय गरेको छ । तर, सो निर्णय कार्यान्वयनमा आएको भने छैन । अस्पताल प्रशासनको तयारी हेर्दा कम्तीमा पनि एक डेढ महिनायता यो कार्यान्वयनमा आउने अवस्था देखिदैन ।
 
‘कार्यालय समयभन्दा पनि बढी समयमा दिइने विस्तारित स्वास्थ्य सेवा ९ईएचएस० यो अस्पतालमा सुरू नहुँदासम्म बाहिर काम गर्न नजानुस् भन्ने अवस्था रहेन’ अस्पतालका कार्यकारी निर्देशक डा सीबी पुनले भने । अस्पतालले ईएचएस सेवा सुरू गर्ने विषयमा अध्ययन गरेर प्रतिवेदन दिन अस्पतालका चिकित्सक डा विजयराज आचार्यको संयोजकत्वमा कार्यदल बनाएको छ ।
 
पाँच सदस्यीय सो कार्यदलले विभिन्न विषयको अध्ययन गरेर प्रतिवेदन तयार गर्ने छ । ‘माघ महिनाभित्र प्रतिवेदन तयार गरेर फागुनको सुरूमै हामीलाई बुझाउन भनेका छौं’ कार्यकारी निर्देशक डा पुनले भने । डा आचार्यको समितिले प्रतिवेदन बुझाएपछि बल्ल सञ्चालक समितिले बाहिर काम गर्न जान रोक लगाउने बारेमा निर्णय गर्नेछ ।
 
अर्थात कम्तीमा अझै एक महिना अस्पतालका चिकित्सक तथा प्राविधिकहरु बाहिर काम गर्न जाने अवस्था कायमै रहने देखिन्छ । चीन सरकारले प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाम राखेर निर्माण गरेको सो अस्पताल सञ्चालनमा आएको १६ वर्ष पुगेको छ । अस्पतालमा वर्षमा एक लाख १३ हजारको हाराहारीमा बिरामीहरु आउने गरेका छन् ।
 
अस्पतालमा ५२ जना विशेषज्ञ चिकित्सक, २० जना मेडिकल अफिसरसमेत गरेर कुल ५७९ जना कार्यरत रहेको कार्यकारी निर्देशक डा सीबी पुनले जानकारी दिए । उनीहरुका लागि अस्पताल परिसरभित्रै आवासीय सुविधा पनि छ । बाहिर काम गर्न नजाने भएका कारण प्रोत्साहन भत्ताको पनि व्यवस्था छ ।
 
तर, रेडियो थेरापी युनिटका केही विशेषज्ञ चिकित्सक बाहेक अधिकांशले बाहिर पनि काम गर्छन् । जसले गर्दा बिरामीले सेवा पाउन नसकेको र यहाँबाट दिइने सेवा सुविधा खस्किदै गएको निष्कर्षका साथ अस्पताल सुधार्न पुरानै व्यवस्था दोह¥याउन थालिएको डा पुनले बताए । अस्पतालको नियमावलीले अझै पनि बाहिर काम गर्न जान रोक लगाए पनि विसं २०६१ सालको सञ्चालक समितिको निर्णयले फुकुवा गरेको थियो । बाहिर काम गर्न गए अस्पतालले दिने प्रोत्साहन भत्ता आधा कटौती हुन्छ ।
 
विशेषज्ञ चिकित्सकले पनि बढीमा महिनामा १८ हजारको हाराहारीमा त्यस्तै भत्ता पाउँछन् । यसको तुलनामा बाहिर काममा जाँदा निकै लाभ हुने भएपछि सबै लोभिएका हुन् ।