मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

खिचरा महोत्सवमा दर्शकको ओइरो

खिचरा महोत्सवमा दर्शकको ओइरो


खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिकामा चौथो खिचरा महोत्सवको दोस्रो दिनमा दर्शकहरुको ओइरो लागेको छ । अनुमान गरेकोंभन्दा बढी दर्शकहरु महोत्सवमा आएको महोत्सव मूल आयोजक समितिका संयोजक नारायणप्रसाद महतोले बताए । 
 
महोत्सवमा शुक्रबार भएको नृत्य प्रतियोगिताको दोस्रो राउण्डमा आठजना प्रतियोगीहरु फाइनलमा छनौट भएको नृत्य प्रतियोगिता व्यवस्थापन समितिका संयोजक हरिशरण चौधरीले बताए ।
 
त्यसको फाइनल माघ ४ गते हुने जनाइएको छ । स्मृति भण्डारी, ज्योति चौधरी, बबिता प्रजा, दिव्या नेपाल, रिता प्रजा, आशिष चौधरी, प्रिया पुनमसहित वाइल्ड कार्ड इन्ट्रीमा सोनम चौधरी छनौट भएका छन् । 
 
राष्ट्रिय गायक कालीप्रसाद बासकोटा र श्रीनिवास चौधरीले आफ्ना सांगीतिक प्रस्तुति पस्किए । कालीप्रसादले निर जहिले रिसाउने, सेल्फी हानौँलालगायत आधादर्जन बढी गीत गाए । श्रीनिवास चौधरीले आइल रे आइल माघी, जिन्दगीके मोडमे, मेरा मनका व्यथालगायत आधा दर्जन गीत गाए । साथै थारु संँस्कृतिक झर्रा नृत्य पनि प्रस्तुत गरिएको थियो ।