मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

टेलिभिजन शोमा अभिनेत्रीको कपडा पत्रकारले नै खुस्काइदिएपछि…

टेलिभिजन शोमा अभिनेत्रीको कपडा पत्रकारले नै खुस्काइदिएपछि…


एजेन्सी । स्पेनमा एक टेलिभिजनको लाइभ शो कार्यक्रममा एकजना महिला अभिनेत्रीको कपडा पत्रकारले नै खुस्काइदिएपछि त्यसको चर्चा संसारभर भइराखेको छ ।
 
एक टिभीमा लाइभ कार्यक्रम प्रचारण हुँदाहुँदै पत्रकारले अभिनेत्रीमाथि जुन हर्कत गरे त्यसले ती महिलालाई त लाजमर्नु भयो नै, कार्यक्रममा उपस्थित अन्य व्यक्ति तथा टेलिभिजन हेर्नेलाई समेत लाजमर्दो बनाइदियो । 
 
स्पेनको टिभी शो का सञ्चालकले योला ब्याररोकल नामकी अभिनेत्रीको कपडा खुस्काइदिएपछि बबाल भएको हो । पत्रकारले छातीको कपडा तानेपछि अभिनेत्रीको एउटा बक्ष बाहिरै देखियो । अभिनेत्रीले हत्त न पत्त खुस्किएको टप्स माथि सासेर नांगो बक्ष ढाकिन् र आश्चर्यभाव प्रकट गरिन् ।
 
यसरी पत्रकारले उनको कपडा खुस्किएर स्तन देखिएसँगै टेलिभिजनमा हाँसो फैलियो । अन्य उपस्थित मानिसहरु पनि छक्क परे ।
 
टेलिभिजन लाइभ कार्यक्रम प्रस्तोताले कुराकानीकै क्रममा त्यसरी अभिनेत्रीले छातिको लुगा खुस्काइदिने काम जानीजानी गरेका हुन् वा अन्जानमै त्यस्तो गल्ती भयो भन्नेचाहिँ कतै उल्लेख गरिएको छैन ।
 
पत्रकारले नै टेलिभिजनमा यस्तो खराब हर्कत गरेपछि अभिनेत्री कार्यक्रम छोडेर हिँडिन् । टेलिभिजनमा केही बेरको खैलाबैलापछि ती अभिनेत्री पुन कार्यक्रममा सहभागी हुन सहमत भएको भिडियोमा देख्न सकिन्छ ।