मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

भरतपुर अस्पतालको अत्याधुनिक डाईग्नोष्टिक भवन उद्घाटन

भरतपुर अस्पतालको अत्याधुनिक डाईग्नोष्टिक भवन उद्घाटन


चितवन । भरतपुर अस्पतालको “सी” व्लक भवनको बिहीबार शिलन्यास गरिएको छ । अस्पतालको भवनको स्वास्थ्य मन्त्री गगनकुमार थापाले एक कार्यक्रमकाबीच अस्पताल परिसरमा शिलन्यास गरेका हुन् । 
 
कार्यक्रममा बोल्दै मन्त्री थापाले भरतपुर अस्पताललाई नमुना अस्पताल र व्यवस्थित अस्पताल बनाउन आफूले सक्दो सहयोग गर्ने बताए । उनले शिलन्यास गरिएको भवन समयमै निर्माण सम्पन्न हुनेसमेत बताए । मन्त्री थापाले भरतपुर अस्पतालमा आकस्मिक ट्रमा सेन्टर बनाउन पनि लागिपर्ने प्रतिवद्धता जनाए ।
 
कार्यक्रममा स्वास्थ्य सचिवलगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यस्तै सी ब्लक भवनको शिलन्याससँगै अस्पतालको अत्याधुनिक अप्रेशन थ्रिएटर र आइसियू कक्षको पनि मन्त्री थापाले उद्घाटन गरे । 
 
स्वास्थ्य मन्त्रालयले असोज ४ गते भरतपुर अस्पतालको ‘सी’ ब्लक भवन निर्माणको लागि रु २८ करोड ८२ लाख १४ हजार ९ सय ९१ रुपैयाँ ४२ पैसाको लागत स्विकृत गरपछि अस्पतालले भवन निर्माणको प्रकृया अघि बढाएको अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिए । 
 
अस्पताललाई बोलपत्र गरेर ‘सी’ ब्लक निर्माण अघि बढाउन अनुमति प्राप्त भएको छ ।
 
भरतपुर अस्पतालको अनुरोधमा गएको बैशाख ६ गते “सि” ब्लकको गुरुयोजना स्वीकृत गरी बजेट सुनिश्चितता गर्न स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो । वैशाख २८ गते अर्थमन्त्री विष्णु पौडेलको मन्त्रिस्तरीय निर्णयबाट अस्पताललाई भवन निर्माणका लागि रकम उपलब्ध गराउने निर्णय भएको थियो । 
 
भवनमा नेपाल सरकारको ८० प्रतिशत लगानी हुने छ भने, भरतपुर अस्पतालको २० प्रतिशत लगानी हुने छ । अस्पतालको सि ब्लक भवनको ड्रोइङ्ग डिजाइन एनट आर्किटेक्चर एण्ड आक्टिेक्स कम्पनीले तयार गरेको हो । एनटले २०७१ चैत्र २६ गते ड्रोइङ डिजाइनका लागि अनुमति पाएको थियो ।
 
भवनले ४ हजार ४ सय ३३ स्क्वायर मिटर जमिन ओट्ने छ । भवनको तल्लो भूई तलामा सिटि क्यान, एमआरआई, ल्याव, हिस्टोप्याथोलोजी, एक्सरे, ल्याव, इसिजि, इको, इन्कोशकोपी, कोलोनोस्कोपी, सिस्टोसकोपी, ब्रोङकोसकोपीलगायतका सेवा सुविधा उपलब्ध हुने छन् भने, दोस्रो तलामा सर्जिकल, न्यूरो र कार्डियोलोजी विभागहरु रहने छ । भवनको तेस्रो तलामा डाइलासिस सम्बन्धी कामहरू हुने छन् ।