मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भक्तपुरमा प्राकृतिक चिकित्सालय,गुरुकुलम तथा गौसाला निमार्ण

भक्तपुरमा प्राकृतिक चिकित्सालय,गुरुकुलम तथा गौसाला निमार्ण


भाद्र ३१- दिब्य निरोग नेपाल पशुपति क्षेत्र गौसाला काठमाण्डौले सुडाल ५ मनिकार्णिका धाम भक्तपुरमा  प्राकृतिक चिकित्सालय,गुरुकुलम तथा गौसाला निमार्ण गरेको छ । प्राकृतिक तवर बाट मानिसको उपचार गरी स्वास्थ्य र निरोगी बनाउने उदेश्य अनुरुप प्राकृतिक चिकित्सालय निमार्ण गरिएको दिब्य निरोग नेपालका अध्यक्ष तथा संरक्षक डा.कृ ष्ण प्रसाद आचार्यले बताउनु भयो । प्राकृतिक चिकित्सालयको असोज १५ गते उद्धघाटन गर्ने उहाको भनाई छ । चिकित्सालय सञ्चालन संगै हरेक महिनाको एक हप्ता निसुल्क सिबिर सञ्चालन, र अन्य समय नियमित स्वास्थ्य उपचार गरिने उहाले जानकारी दिनु भयो । नागाबाबाको संरक्षणमा रहेको मनिकार्णिका धामको करिव ३८ रोपनी जमिनमा प्राकृतिक चिकित्सालय,गुरुकुलम  तथा गौसाला निमार्ण  गरिएको संस्थाका संरक्षक डा. बिनोद कुमार शर्माले बताउनु भयो । 
 
प्राकृतिक चिकित्सा अन्त्रगत योग चिकित्सा,काया कल्प शिविर, शुद्ध हुने कार्य,स्थानिय माटो चिकित्सा,यज्ञ चिकित्सा पद्धतीबाट उपचार गरिने बताईएको छ । त्यस्तै गुरुकुलम निमार्ण गरी पुर्वीय दर्शनका बेद पुराण,ज्योतिष,ब्याकरण,साहित्य,वास्तुशास्त्र,प्राकृतिक चिकित्सा आदी धार्मीक र बैज्ञानिक बिषयहरुलाई नया पुस्तामा हस्तान्तरण गर्ने संस्थाको प्रमुख उदेश्य रहेको संस्थाका  प्रमुख सल्लाहकार चैतन्य कृष्ण महाराजले बताउनु भयो ।  त्यस्तै गौशाला निमार्ण गरी स्थानिय जातका गाईलाई संरक्षण समेत गरिने संस्थाका सचिव कैलास पनेरुले बताउनु भयो । 
 
संस्थाले मनिसलाई सारिरिक तथा मानसिक रुपमा तन्दुरुस्ती,प्रकृति संगको निकटता,अनुशासन, प्रकृति बेद, प्राकृतिक चिकित्सा पद्धती, आयुर्वेद, भोजन सम्बन्धि प्रवचन परामर्श, तालिम सम्बन्धी शिबिर सञ्चालन गर्ने छ ।
 
मानिसलाई योग प्राकृतिक चिकित्सा,आर्युबेद तथा बैकल्पिक थेरापीका बारेमा सुसुचित गर्न पत्रपत्रिका खोज , अनुसन्धानमुलक ग्रन्थ, बृत चित्र निमार्ण गरी प्रकासन प्रसारण गर्ने । पुस्तकालय तथा अनुसन्धान केन्द्रहरु स्थापना गर्ने । समान उदेश्य भएका राष्ट्यि तथा अन्तराष्ट्यि संघ ,संस्थाहरुसंग सम्बन्ध स्थापित गर्ने लगाएतका संस्थाका उदेश्यहरु रहेको अध्यक्ष डा कृष्ण आचार्यले बताउनु भयो ।