मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

बेबी तिम्रो फिगरको चर्चा गीतको म्युजिक भिडियोले शिखर चुम्दै (भिडियो हेर्नुहोस)

बेबी तिम्रो फिगरको चर्चा गीतको म्युजिक भिडियोले शिखर चुम्दै (भिडियो हेर्नुहोस)


काठमाडौँ । गायक ध्रुब बिस्कोको नयाँ गीति एल्बम प्रियसी २को  टाइटल गीत बेबी तिम्रो नजरको चर्चा, बेबी तिम्रो फिगरको चर्चा भन्ने गीतको म्युजिक भिडियोले अहिले चर्चाको शिखर चुम्दैछ । 
 
विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको यस म्युजिक भिडियोमा माया प्रेमका कुरासहित मोडल मनीषाको नजर, फिगर र हँसाइको चर्चा गरिएको छ । उक्त म्युजिक भिडियोमा गायक ध्रुब बिस्को आफैँ अनि मोडल मनिषा श्रेष्ठ र देवराज परियारको सशक्त अभिनय रहेको छ ।
 
साङ्गीतिक क्षेत्रमा लागेर चर्चाको शिखरमा पाइला चुम्दै गरेका नब गायक ध्रुबको यो गीतको म्युजिक भिडियो युवा पुस्तालाई लक्षित गरेर बनाइएको छ । 
 
नेपाली साङ्गीतिक बजारमा भर्खरै आएको यस म्युजिक भिडियोले सम्पूर्ण संगीतप्रेमीहरुको मन जित्नेमा गायक ध्रुब बिस्को विश्वस्त छन् । उक्त म्युजिक भिडियोको निर्देशन विवेक बिकले गरेका छन् भने क्यामेरामा प्रेम खनाल छन् । त्यस्तै मेकअप आर्टिस्टमा नन्दा अधिकारी रहेकी छन् ।  
 
त्यस्तै गरी शब्द बिकल तिरुवा, स्वर-संगीत ध्रुब बिस्कोको आफ्नै रहेको यस गीतको म्युजिक भिडियोमा मोडल मनिषा श्रेष्ठ र देबराज परियार रहेका छन् । मोडल देवराज एक कुशल डान्सरसमेत हुन् ।