मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

भरतपुर अस्पतालमा अत्याधुनिक आईसीयू सेवा

भरतपुर अस्पतालमा अत्याधुनिक आईसीयू सेवा


चितवन । भरतपुर अस्पतालमा २८ बेड क्षमताको अत्याधुनिक आईसीयू सेवा सुरू भएको छ । 
 
अस्पतालको ‘ए’ ब्लक पूरा भएपछि अस्पतालको आईसीयू क्षमता बिस्तार गरिएको हो । यसअघि ९ बेड क्षमताको मात्रै आईसीयू सेवा अस्पतालले प्रदान गर्दै आएको थियो । ‘१० बेडको अत्याधुनिक सुविधा सहितको आईसीयू सुरू भएको छ, १० बेडको इन्टरमिडियट आईसीयू तत्काल सञ्चालनमा ल्याइने छ’ अस्पतालका मेसु डा. रूद्रप्रसाद मरासिनिले भने । अहिले २० बेड सञ्चालनमा आए पनि केही समयमा नै पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने अस्पतालले जनाएको छ । 
 
अस्पतालमा आईसीयूको शैया संख्या कम हुदा बिरामीहरु अन्य निजी अस्पतालहरूमा महंगो शुल्क तिर्न बाध्य भएका थिए । ‘सरकारी अस्पतालमा ठूलो संख्यामा आईसीयू सेवा सञ्चालनमा आएपछि गरिव, विपन्न र असहायहरूले त पक्कै पनि लाभ उठाउने नै छन्’, अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले भने, ‘अन्य पैसा तिर्न सक्ने नागरिकहरूले पनि अस्पतालबाट अत्याधुनिक सेवा लिन सक्छन् ।’ अत्याधुनिकसेवा आरम्भ भएर जनतालाई जीवनप्रतिको आशा अझै जगाएको अध्यक्ष सुवेदीको भनाइ छ । 
 
२०६६ सालमा अस्पतालमा ७ बेडबाट आईसीयू सेवा सुरू गर्ने चिकित्सक डा. विजय पौडेलले नेपालका सरकारी अस्पतालहरू मध्ये भरतपुर अस्पतालमा सेवा उत्कृष्ट भएको दाबी गरे । ‘मैले नै भरतपुर अस्पतालमा पहिलोपटक आईसीयू सेवा सुरू गरेको हो’ मेडिसिन विभागका प्रमुखसमेत रहेका डा. पौडेलले भने, ‘सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन यसले थप मद्दत गरेको छ ।’ 
 
२० बेडको पोष्ट अपरेटिभ वार्ड 
अस्पतालमा ६ स्थानबाट एकैपटक अप्रेशन गर्न सक्ने गरी क्षमता विस्तार भएपछि भरतपुर अस्पतालले २० बेड क्षमताको पोष्ट अपेरटिभ वार्ड सुरू गरेको छ ।  
 
सबै सुविधाहरू उपलब्ध हुने गरी नयाँ सेटअपसहित सेवा आरम्भ गरिएको अस्पतालका मेसु डा. मरासिनीले जानकारी दिए । ‘भरतपुर अस्पतालको सेवा कुनै निजी अस्पतालको भन्दा कम छैन’ मरासिनीले भने, ‘सरकारी अस्पताल भनेर नाक खुम्चाउने दिनको अब अन्त्य भएको छ ।’
 
अस्पतालले मदन भण्डारी ट्रमा सेन्टरसमेत स्थापना गरी सेवा दिन थालेको छ । उक्त अस्पतालमा अहिले झन्डै ६०० श्यया छन्  ।