मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

चिकित्सक सङ्घको अध्यक्षमा डा श्रेष्ठ विजयी

चिकित्सक सङ्घको अध्यक्षमा डा श्रेष्ठ विजयी


काठमाडौँ । नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी भएका छन् ।
 
उनले एक हजार ६५२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार १३२ मत प्राप्त गरेका छन् । यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि काँग्रेस निकट प्रजातान्त्रिक समूहले एक कोषाध्यक्ष पदबाहेक अन्य सबै पदमा विजय प्राप्त गरेको छ । 
 
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा डा ढुण्डिराज पौडेलले एक हजार ६१७ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिस्पर्धी डा सन्तोष पौडेलले एक हजार १०७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा डा मुकुन्द दाहालले एक हजार ५०९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी डा शिवेन्द्र झाले एक हजार १५१ मत प्राप्त गरेका छन् । 
 
यस्तै, महासचिवमा डा लोचन कार्की विजयी भएका छन् । उनले एक हजार ३०० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धीद्वय डा अजयकुमार मिश्रले ७१८ र स्वतन्त्र उम्मेदवार डा पुष्पमणि खरालले ७१२ मत प्राप्त गरेका छन् । त्यसैगरी कोषाध्यक्षमा भने समावेशी समूहका डा रक्षा श्रेष्ठले एक हजार ४३९ मत प्राप्त गरी विजयी प्राप्त गरेकी छन् । 
 
सहसचिवमा डा अभिमन्यू झाले एक हजार ४५८ प्राप्त गरी विजयी भएका छन् । सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी एक हजार ३७४ मत प्राप्त गरी विजयी भएका छन् । सदस्यमा डा सञ्जीव तिवारी, डा शैलेश प्रधान, डा अनिलविक्रम कार्की, डा कृष्ण पौडेल, डा विश्वराज दवाडी र डा बद्री रिजाल निर्वाचित भएका छन् ।
 
उपत्यका र उपत्यकाबाहिर दुई चरणमा सम्पन्न निर्वाचनमा दुई हजार ८६९ मत खसेको थियो । काठमाडौँ उपत्यकामा एक हजार ४७५ र उपत्यका बाहिरका १५ शाखाबाट एक हजार ३९४ मत खसेका थियो । सङ्घमा पाँच हजार ३०५ सदस्य रहेका छन् ।