मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

शल्यक्रिया गरेर गर्भपतन गराएकी महिलाको मृत्यु

शल्यक्रिया गरेर गर्भपतन गराएकी महिलाको मृत्यु


खोटाङ । जिल्ला अस्पताल खोटाङमा गर्भपतन गराएकी एक महिलाको तीन दिनपछि मृत्यु भएको छ । शल्यक्रियामार्फत तीन महिनाको गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको आइतबार दिउँसो मृत्यु भएको हो । 
 
सात सन्तानकी आमा टलकुमारीले चिकित्सककै सल्लाहमा भदौ १६ गते जिल्ला अस्पताल खोटाङ आएर गर्भपतन गराएकी थिइन् । गर्भपतन गराएपछि बिरामी परेकी टलकुमारीलाई तत्काल बाहिर लैजान अस्पतालले सोही दिन भनेको थियो । 
 
गर्भपतन गराउनुअघि स्वस्थ रहेकी श्रीमतीको शल्यक्रिया गर्नेक्रममा अस्पतालका चिकित्सक सन्तोष साहले लापरबाही गरेकाले उनको मृत्यु भएको श्रीमान् चन्द्र किरातले आरोप लगाए । “हामीले यहाँ हुँदैन भने नगर्दिनुस् भनेका थियौँ ।” राईले भने, “जबरजस्ती गर्भपतन गरिदिएर ज्यानै लिने काम भयो ।”
 
चिकित्सक साहले उपकरण छिराएर पाठेघर सफा गरेलगत्तै पेट फुल्ने, श्वासप्रश्वासमा समस्या देखिने, बान्ता हुने, दिसापिसाब रोकिने, खाना खान नहुने, नाकबाट रगत मिसिएको पानी निस्कनेलगायतका समस्या देखा परेपछि टलकुमारी सिकिस्त बनेकी थिइन् । वर्षेनी पाँच छोरी र दुई छोरा भएपछि टलकुमारी दम्पति गर्भपतन उराउन अस्पताल आइपुगेका हुन् । 
 
पाठेघर सफा गर्नेक्रममा उपकरणले पाठेघरमा प्वाल पारेका कारण महिलाको मृत्यु भएको अनुमान गरिएको छ । चिकित्सकको लापरबाहीले टलकुमारीको मृत्यु भएको भन्दै मृतकका आफन्त विरोध जनाएपछि अहिले अस्पताल परिसर तनावग्रस्त बनेको छ । 
 
मृतकका आफन्तले दोषी चिकित्सकमाथि कडाभन्दा कडा कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग गरेका छन् । रासस