मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

किङ’ लिरिकल भिडियो गीत ‘भ्रुम’ ‘भ्रुम’ सार्वजनिक

किङ’ लिरिकल भिडियो गीत ‘भ्रुम’ ‘भ्रुम’ सार्वजनिक


स्टार अभिनेता निखिल उप्रेती स्टारर प्रतिच्छित फिल्म ‘किङ’ को पहिलो गीत रिलिज भएको छ । निर्माण कम्पनि जेएस ईन्टरन्मेन्टको तर्फबाट युट्युवमा सार्वजनिक लिरिकल भिडियो गीत आकर्षक ढंगले तयार गरिएको छ ।
 
नेपाली फिल्ममा हालसम्म प्रयोग गरिएका विभिन्न  प्रचार स्टाईल भन्दा विल्कुलै फरक तरिकाले तयार गरिएको लिरिकल भिडियो हेर्दा दर्शकलाई आकर्षक लाग्न सक्छ भने सुन्दा पनि सुमधुर लाग्छ । केहि अङ्ग्रेजी तथा केहि नेपाली शब्द समावेश गीतको शब्द, संगीत युवापुस्ता लक्षित छ ।
 
लिरिकल भिडियोमा फिल्ममा समावेश केहि स्थिर दृश्य समेट्दै रिलिज मिति असोज २१ लाई विशेष हाईलाईट गरिएको छ । ‘भ्रुम’ 'भ्रुम' बोलको गीतको शब्द सुजेन्द्र डि कार्की र विनोद ढकालको हो भने गीतमा संगीत पनि सुजेन्द्रले नै भरेका छन् ।
 
गीतमा स्वर विनोद ढकालको छ । म्युजिक एरेञ्ज किरण तुलाधरले गरेका छन् । जगन श्रेष्ठको प्रस्तुतीमा तयार  ‘किङ’लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा निखिलसँगै अनुपबिक्रम शाही, वेनिशा हमाल, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ लिड अभिनयमा छन् । फिल्मका निर्माता जयन श्रेष्ठ हुन् ।
 
दशैंको छेकोमा अक्टुवर ७ अर्थात माथी उल्लेखित मिति असोज २१ रिलिजको तयारी भईरहँदा प्रचारलाई अगाडी बढाउने उद्देश्यले सुरुमा लिरिकल भिडियो सार्वजनिक गरिएको निर्माता जयनले बताए । त्यसो त केहि हप्ता पहिले सार्वजनिक फिल्ममा समावेश फर्स्टलुक तश्विरले मिडियामा एक प्रकारको हाईप बनाईसकेको छ ।
 
करोड बढि बजेटको फिल्मको केहि दिनमा नै टिजर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । ‘किङ’लाई राजधानीमा गोविन्द शाही र मोफसलमा डिसियनले वितरणको जिम्मा लिईसकेको छ ।
 
फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व छ भने क्यामेरा सञ्जय लामाले चलाएका छन् । फिल्ममा व्रान्ड म्यानेजर अतुलराज मैनाली छन् । रामजी लामिछानेको नृत्य समावेश फिल्ममा वसन्त सापकोटा, सुजेन्द्र डि कार्की सँगै र दिनेश शोनामको संगीत छ ।