मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

एन आर एन अमेरिका नेपालीको सच्चा साझेदार हुनपर्नेमा जोड

एन आर एन अमेरिका नेपालीको सच्चा साझेदार हुनपर्नेमा जोड


अमेरिकाको न्यूजर्सीमा हुन गइरहेको एन आर एन नवौ क्षेत्रीय सम्मेलनको हिजो आज व्यापक चर्चा  छ । हाल उक्त सम्मेलनको भव्यताका लागी अमेरिकी एन आर एन र सम्बन्धित सरोकारवालाहरु  व्यस्त छन् । यस अधिवेशनमा नेपालका परराष्ट्र मन्त्री देखि सरकारी केही उच्च व्यक्तिहरूलाई पनि आमन्त्रण गरिएको छ । कार्यक्रमको भव्यताका लागी नेपालबाट एन आर एन व्लोवलका अध्यक्ष शेष घले, ठुला उद्योग घरानावाट विनोद चौधरी, उपेन्द्र महतो, नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष पशुपति मुरारका, व्यपारीहरु चन्द्र ढकाल र अशोक शेरचन पनि अमेरिका आउदै छन् । एन आर एन अमेरिकाका अनुसार यस सम्मेलनमा क्षेत्रीय समस्याहरू भन्दा पनि समग्र एन आर एनका बारेमा चर्चा बढी हुनेछ । एन आर एन अध्यक्ष केशव पौडेलका अनुसार यस सम्मेलनमा एनआरएन भिजन २०२० एण्ड वियोण्डमा छलफल केन्द्रित हुनेछ । 
 
यसै बिच एन आर एनको हालको समग्र भूमिका र आगामी नवौ क्षेत्रीय सम्मेलनमा एन आर एनले उठाउँन पर्ने एजेण्डाका बारेमा हाम्रा प्रतिनिधि शरद पोखरेलले हिमालय खबरका तर्फबाट गत वर्ष एन आर एन अमेरिकाका दुई अध्यक्ष उम्मेद्धार सँग लिएको प्रतिक्रिया यहाँ प्रस्तुत गरिएको छः 
 
नगेन्द्र पौडेल  
“ एन आर एन अमेरिकाले महत्त्वपूर्ण कामहरू केही गर्न सकेको छैन ।”
एन आर एन अमेरिका भन्नुस वा ग्लोवल एन आर एन दुवैको भूमिका मैले त्यति चित्त वुझ्दो देखिरहेको छैन । ग्लोवल एन आर एन को काम कारबाही पट्टी म त्यति जानकार छैन । एन आर एन अमेरिकाको बारेमा उल्लेख गर्दा खासै उपलब्धि मूलक कामहरू भएको म देख्दिन । मलाई सम्झना भए सम्म गत सालको मे २५ मा वर्तमान पदाधिकारीहरुले विजयको खादा ओडेका थिए । 
 
त्यसको ४–५ महिना पश्चात् सेप्टेम्बर ९ मा एन आर एन अमेरिकाले एउटा भेला सम्पन्न गरको थियो । त्यस भेलामा विभिन्न कार्यहरू गर्ने सार्वजनिक गरियो । तर ती कार्यहरू कता गए वा कति भए भन्ने जानकारी कतै छैन । साथै उक्त भेला नेपालमा भूकम्प गए पछि भएको हुँदा नेपालमा भूकम्प पिडितहरुलाई विभिन्न सहयोग गर्ने सम्बन्धमा केन्द्रित पनि थियो । यद्यपि भूकम्प पीडितको लागी एन आर एन अमेरिका मार्फत उठेको पैसा कहाँ र कति खर्च गरियो भन्ने आधिकारिक जानकारी कसैलाई पनि दिइएको छैन । नेपालको भूकम्प पिडितहरुलाई उहाँहरूले मुखले बाहेक प्रमाण सहित यहाँ यति पैसा हामीले सहयोग गरयौ भन्ने प्रमाण कतै भेटिदैन । एक दुई आन्तरिक मिटिङ्गहरु र विभिन्न पदहरु सिर्जना गरी आफ्ना मान्छेहरू भर्ना गर्ने बाहेक एन आर एन अमेरिकाले देखिने गरी कुनै काम गरेको देखिदैन । 
 
नवौ सम्मेलनको एजेण्डाका बारेमा कुरा गर्दा दुई तीन कुराहरूमा ध्यान जान पर्ने जरुरी देखिन्छ ।  संविधान त एन आर एन भैसकेका नेपालीहरूले नेपालमा राजनीति गर्न बाहेक अन्य अधिकार पाउने उल्लेख छ । तर त्यसको हाल सम्म कानुन बनेको अवस्था भने छैन । एन आर एन ग्लोवलले यो कानुन बनाउन पहल गर्न पर्छ । अर्को नेपालको अर्थतन्त्र नै आजको अवस्थामा एन आर एनहरुको रेमिटेन्सले चलेको छ यस अवस्थामा एन आर एन ले नेपालको विकास मात्र नभै अव स्थिायित्वको लागी पनि पहल गर्न आवश्यक छ । यी कुराहरूमा हुन गइरहेको नवौ अधिवेशनमा गम्भीर बहस हुन जरुरी म देख्छु । 
 
श्री पराजुली  
“एन आर एन एलाइट क्लबको आरोपवाट माथि उठन सकेको छैन ।”
एन आर एन अमेरिका र यस्को विश्व सङ्गठनले आफ्नो स्थापना काल देखि उठाउँदै आएको एजेण्डाहरु र ती एजेण्डाहरु कार्यावन्यन गर्ने सम्बन्धमा एक आपसमा कुनै तालमेल भएको देखिदैन ।  एजेण्डाहरुको कार्यावन्यन पक्ष ज्यादै फितलो छ । यसैले आज एन आर एन ले केही सीमित र धनाडय व्यक्तिहरूको “एलाइट क्लब” को आरोप खेप्न बाध्य छ । यो आरोपवाट आफूलाई उन्मुक्ति दिलाउन एन आर एन असफल भएको छ । यही कारणबाट पनि अधिकांश प्रवासी नेपालीहरुमा एन आर एन हाम्रो संस्था हो भन्ने भाव विकास नहुनु एन आर एनको ठुलो असफलता हो । अझ एन आर एन अमेरिकाकै कुरा गर्ने हो भने त विभिन्न किसिमका समितिहरू निर्माण गरी अत्याधिक मानिसहरूलाई विभिन्न पदमा आसिन गराउनु बाहेक यस्का कामहरू खासै देखिदैन । सिर्जित पदमा भर्ना भएका व्यक्तिहरुवाट संस्थाको निम्ति गर्न पर्ने ठोस, रचनात्मक र परिणाममुखी कार्यको सम्बन्धमा स्वयम् संस्था नै रनभूल्लमा परेको देखिन्छ ।  खासमा भन्नै पर्दा आजको मिति सम्म समग्र एन आर एनले नै न त अधिकांश प्रवासी नेपालीहरुमा यो मेरो सङ्गठन हो भन्ने विश्वास स्थापित गर्न सफल छ न त नेपालमा बस्ने नेपालीहरुमा “देश विकासको सच्चा साझेदार” भन्ने नारामा विस्वसत हुने वातावरण निमार्ण गर्न सक्ने अवस्थामा छ ।
 
सामाजिक संजालहरुवाट प्राप्त जानकारीको आधारमा हाल हुन गइरहेको एन आर एन नवौ सम्मेलनमा एन आर एन २०२० र त्यस पछि भन्ने नारा सहित कार्यक्रमहरू हुँदै छ । यस विषयमा कति मानिसहरूले आफ्नो अवधारणा आयोजक सामु प्रस्तुत गरे मलाई थाहा हुन सकेन तथापि यो अवधारणा नितान्त सहनीय छ । यो सम्मेलनले आयोजकको माग अनुसार प्राप्त अवधारणाहरुमा छलफल गरी भविष्यको लागी योजना हैन मार्गचित्र निर्माण गर्न सक्नु पर्छ । एन आर एनले “नेपाल विकाशको सच्चा साझेदार” नारा साच्चि नै कार्यान्वयन गर्ने हो भने अव “जिल्ला जिल्लामा एन आर एन – एक एन सी सी एक जिल्लाको कार्यक्रम ल्याउनु पर्छ । नेपालको मेची देखि महाकाली सम्म एन आर एन विकासमा साझेदारी भई उपस्थित हुन सक्नु पर्छ । एन आर एन ले हरेक सदस्यहरूलाई संस्थागत स्वामित्व ग्रहण गराउनका लागी उसको सदस्यता वितरण प्रणाली नै वैज्ञानिक हुन जरुरी छ । एन आर एन सदस्य भए पश्चात् भौतिक फाइदा दिलाउन पनि नीति निर्धारण हुन आवश्वक देखिन्छ ।