मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको नागरिकताको निवेदन शरणार्थीबाट ग्रिनकार्ड पाऊनेले एकबर्ष अगाडी नै दिन पाऊछन- विनोद रोका, एर्टनी एट ल

अमेरिकाको नागरिकताको निवेदन शरणार्थीबाट ग्रिनकार्ड पाऊनेले एकबर्ष अगाडी नै दिन पाऊछन- विनोद रोका, एर्टनी एट ल


अमेरिकाको नागरिकता पाऊनका लागि विदेशीले अमेरिकाको ग्रिनकार्ड पाएको हुनु पर्दछ। अमेरिकामा ग्रिनकार्ड विदेशीहरूले विभिन्न तरिकाबाट प्राप्त गर्दछन्। त्यसमध्ये अमेरिकी नागरिक सँग विवाह गरी ग्रिनकार्ड पाएका व्यक्तिले ग्रिनकार्ड पाएको ३ वर्ष भित्र, अन्य पारिवारिक नाताको कारणबाट, र कामदारको हैसियतले ग्रिनकार्ड पाउने विदेशीहरूले ग्रिनकार्ड पाएको मितिले ५ वर्षमा अमेरिकी नागरिकता पाऊनका लागि अमेरिकी अद्यागमन विभाग समक्ष निवेदन दिन सक्छन्। तर रिफुजी र शरणाथीैको हैसियतले ग्रिनकार्ड पाएका विदेशीले भने ग्रिनकार्ड पाएको मितिले ४ वर्षमा नागरिकता पाऊनका लागि निवेदन दिन सक्दछन। नागरिक्ताको निवेदन भने तोकिएको समय भन्दा ९० दिन अगाडीनै अद्यागमन विभाग समक्ष पठाउन सकिन्छ।
 
विवाह, पारिवारिक नाता, र कामदारको हैसियतबाट ग्रिनकार्ड पाएका विदेशीे अमेरिकाको नागरिकता पाऊनका लागि १८ वर्षको उमेर पुगेको हुनु पर्दछ। ग्रिनकार्ड पाएको मितिबाट ३ वर्ष र ५ वर्षको समय गणना गरिन्छ। तर रिफुजी (अमेरिका प्रवेश गर्दा नै शरणार्थीको दर्जा पाएका), एजाईली (अमेरिका आएर शरणार्थीको दर्जा पाएका), र अन्य केही खास प्रकारको सुविधा पाई अमेरिका प्रवेश गरेका विदेशीहरुको ग्रिनकार्डको समयावधि गणना भने ग्रिनकार्ड पाएको एकवर्ष अगाडी देखि हुने गर्दछ। यसरी गणना गरिने समय अद्यागमनका अधिकृतले नै ग्रिनकार्डको निवेदन स्वीकृत गर्दा उल्लेख गर्दछन्। तर कहिलेकाही अधिकृतहरुले ग्रिनकार्डमा लेखेका हुदैनन। 
 
यसरी १ वर्ष अगाडी देखि नै ग्रिनकार्डको समयावधि नजोडिएको अवस्थामा ५ वर्षको अवधि कुन मितिबाट गणना गर्ने भन्ने विषयमा स्पष्ट जानकारी नहुदा अन्यौलता महसुस गरिएको थियो। यही अन्यौलतालाई ध्यानमा राखेर होला २७ जुलाई २०१६ का दिन अमेरिकी अद्यागमन विभागले निवेदक, निर्णयकर्ता, कानुन व्यवसायी, र सर्वसाधारणको जानकारीका लागि एउटा सूचना जारी गरेको छ। उक्त सूचनामा स्पष्ट रूपबाट ग्रिनकार्ड पाऊनका लागि रिफुजी र एजाईलीले १ वर्ष कुर्नु परेको समयलाई ग्रिनकार्डमा जोडिने भनिएको छ। जसले गर्दा रिफुजी र एजाइलमका आधारमा ग्रिनकार्ड पाउने विदेशीहरूले अमेरिकाको नागरिकता पाऊनका लागि ग्रिनकार्डको निवेदन स्वीकृत भएको मितिले ४ वर्षमा नै अमेरिकी अद्यागमन विभाग समक्ष निवेदन दिन सक्दछन। जनकारीको लागि यहाँ क्लिक गर्नुहोला  uscis.gov
 
माथि उल्लेख भएका आधारमा अमेरिकाको ग्रिनकार्ड पाएका विदेशीले अमेरिकी नागरिकता पाऊनका लागि तोकिएको अवधिभर असल चरित्र भएको। कुनै पनि अपराध नगरेको । आधा भन्दा बढी समय अमेरिकामा नियमित रूपबाट बसोबास गरेको हुनु पर्दछ। अर्थात् ५ वर्षको हकमा ३० महिना र ३ वर्षको हकमा १८ महिना अमेरिकामा बसेको हुनु पर्दछ। सामान्यतया ६ महिनासम्म अमेरिका बाहिर बसेको अवस्थामा नियमित रूपबाट अमेरिकामा बसोबास गरेको मानिन्छ। 
 
तर ६ महिना भन्दा बढी समयसम्म अमेरिका बाहिर बसेको अवस्थामा भने नागरिकताको लागि समस्या उब्जाऊछ। यस्तो अवस्थामा व्यक्तिले अमेरिकामा नियमित रूपबाट बसोबास गरिरहेको तथ्य प्रमाणित गर्नका लागि बसोबास, काम, बैङ्क खाता लगायतका कागजातहरू पेस गर्नुपर्ने हुन्छ। अत अमेरिकाको नागरिकता लिन चाहाने व्यक्तिले सामान्यतया ६ महिना भन्दा बढी विदेशमा नबस्नु राम्रो हुन्छ।