मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

टीपीएस नविकरण के हुन्छ

टीपीएस नविकरण के हुन्छ


टेक्सस (अमेरिका)- नेपालमा एक वर्ष अघि ठुलो भूकम्प पश्चात् अमेरिकी सरकारले यहाँ बस्ने नेपालीलाई दिएको ‘टेम्पोररी प्रोटेक्ट स्टाटस’ (टिपिएस्) लिनेले नविकरण गर्न काम गर्नै पर्छ वा यसरी काम गरेको पारिश्रमिक चेकमा लिनु पर्ने हुन्छ वा हुदैंन ? धेरैले यो प्रश्नमा चासो राख्ने गरेका छन् । न्यूयोर्कमा कानुन व्यवसाय गर्दै आएका कानुनविद् खगेन्द्र जीसी भन्छन्- नविकरण (रिन्यु)का लागि कामै गर्नु पर्छ भन्ने छैन । काम नगरी वसेपछि प्रकृया पुरा हुँदा नविकरण गर्न वाधा नपर्ने उनले जानकारी दिए ।  
 
चेकमा काम गर्नै पर्छ भन्ने पनि छैन । कानुनत अमेरिकामा रोजगारदाताले काम गरेको पारिश्रमिक बैकमा सिधा राखिदिने वा चेकमा दिने गरिन्छ । काम गर्ने अधिकार नपाएका र वर्क परमिट नभएकाले प्राय नगदमा पारिश्रमिक लिने गर्छन् । कतिपय रोजगारदाता र काम गर्नेले पनि काम कर लुकाउन नगद दिन्छन् । तर, यो गर्नु गैरकानुनी हो । टीपीएस भरेका यहाँ अध्ययनरत धेरे विद्यार्थीहरुले पनि वर्क परमिट पाएका छन् । उनीहरु टीपीएस नविकरण गर्न चाहन्छन् । अहिलेसम्म टीपीएस नविकरण होला जस्तो नै लाग्छ जीसीले भने, विगतमा अन्य देशको उदाहरणलेपनि यही देखाउंछ । 
 
टीपीएस नविकरण हुन्छ हुदैंन ? अन्य देशको उदाहरण दिदैं कानुन व्यवसायीहरु टीपीएस नविकरण हुने वताउंछन् । तर, टीपीएसको नविकरण गर्ने बेला भने आईसकेको छैन । अहिलेको टीपीएसले डिसेम्बर पहिलो सातासम्म काम गर्छ । डिसेम्बर भन्दा केही साता अघि नविकरणका लागि आवेदन खुला हुन सक्ने कानुन व्यवसायीहरुको वताउंछन् । त्यही वेला तोकिएको ढांचाको फारम भर्न सकिन्छ । 
 
विद्यार्थी, अमेरिकाका गैरकानुनी रुपमा वसोबास गर्दै आएका कागजपत्र विहिन नेपालीले टीपीएस भरेका थिए । हालसम्म करिव ९ हजार जतिको स्वीकृत भएको सम्बद्ध व्यक्तिहरू बताएका छन् । टीपीएस भर्ने मध्ये कतिको अहिलेसम्म पनि कुनै जवाफ आएको छैन । यसरी जवाफ नआउनेलाई पखर्नु बाहेक अन्य उपाय नभएको कानुन व्यवसायी वताउंछन् । पर्यटन भिषामा आएको केहीलाई अप्ठ्यारो पर्ने गरी टीपीएस स्वीकृत भएको पाईएको छ । 
 
अमेरिकामा ३ लाख भन्दा बढी नेपाली रहेको अनुमान छ । यस मध्ये कतिसँग कानुनत बस्ने कागजात छैन यसको तथ्याङ्क छैन । मेक्सिको लगायत विभिन्न देशबाट गैरकाुननी रुपमा अमेरिका छिर्ने नेपालको सङ्ख्या पनि वढीहरेको छ । ज्यानको जोखिमै लिएर विना भिसा अमेरिका छिर्ने नेपालीलाई यहाँ बस्ने कानुनी मान्यता पाउन कठिन छ ।