मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अदिती अनमोल केसीकी नायिका

अदिती अनमोल केसीकी नायिका


अन्ततनायक अनमोल केसीले आफ्नो पाचौ प्रोजेक्टमा पनि नया“ नायिकासग नै रोमान्स गर्ने भएका छन् । उनले काम गर्न लागेको नया“ चलचित्र कृका लागि नायिका फाइनल गरिएको छ । अघिल्ला ४ चलचित्रमा पनि उनले नयानायिकासग नै काम गरेका थिए ।
 
अनमोलले यो चलचित्रमा काम गरेवापत्त २० लाख पारिश्रमिक लिएका थिए । अनमोलले काम गर्ने संझौता भएकै दिनबाट यसको निर्माणपक्षले नायिकाको खोजी गरेको थियो । नायिकाका लागि ३० जनाले निवेदन दिएका थिए ।
 
जसमध्येबाट १० जनालाई छानेर अडिसन लिइएको थियो । १० जनाको अडिसनबाट चलचित्रको मुख्य भूमिकामा मोडल अदिती वुढाथोकी फाइनल गरिएको निर्माणपक्षले जानकारी दिएको छ । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गर्नेछ ।
 
चलचित्रमा सुवास गिरी र भूवन केसी निर्माता रहेका छन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा श्री पराजुली सहनिर्माता हुन् ।
 
चलचित्रको छायांकन माघबाट सुरु हुने निर्माता सुवास गिरीले जानकारी दिएका छन् । यो चलचित्रका लागि अहिले नायक अनमोल केसी विभिन्न तालिम लिइरहेका छन् । चलचित्रलाई चर्चित सम्पादक तथा चलचित्र आभाष’ निर्देशन गरेका निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् ।
 
चलचित्र कृको मेकिङकथावस्तुमा विशेष ध्यान दिएर काम भैरहेको निर्देशक पौडेलले जानकारी दिए ।
 
चर्चित ब्यानरका साथमा अहिलेका सुपरस्टार नायक अनमोल केसीसग काम गर्न लागेकी अदिती बुढाथोकी चर्चित मोडल हुन् । उनको सामाजिक संजाल इन्स्ट्राग्राममा १ लाख भन्दा बढी फलोअर्स छन् । अदितीले हालै मात्र भारतको चर्चित म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बन्न लागेका ३ वटा म्यूजिक भिडियोमा काम गर्नका लागि संझौता गरिसकेकी छिन् । अदितीले भारतका चर्चित टेलिभिजनका कार्यक्रमका लागि पनि आफू छनोट भएको बताएकी छिन् ।
 
भारतका चर्चित डिजाइनरका डिजाइनमा बनेका पहिरनमा विज्ञापन र प्रिन्ट एडमा पनि काम गर्न लागेको अदितीको भनाई छ । कृको अडिसन दिएर उनी मुम्बइ पुगेकी छिन् ।
 
सामाजिक संजालमा समेत राम्रो फ्यान कमाएकी यी सुन्दरीले विशेषगरिचर्चित ब्रान्डका विज्ञापनमा मोडलिङ गरेकी छिन् । हालउनी बलिउड चलचित्रका लागि पनि तयारीमा छिन् । झापादमककी अदिती हाल सिनामंगल बस्छिन् ।