मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

के भन्छन् डा. केसीको समर्थनमा अमेरिकाका नेपालीहरू ?

के भन्छन् डा. केसीको समर्थनमा अमेरिकाका नेपालीहरू ?


नेपालमा देखिएको स्वास्थ वेथितिको अन्त्यका लागी करिब दुई साता अघि देखि डा. गोविन्द केसीको आमरण अनसन अन्त्य भएको छ । अनसनको शुरुमा उनको अनसन प्रति केहि बेवास्ता देखिए पनि पछिल्लो समय व्यापक जनसहभागीता जुटेको थियो । 
 
अमेरिकामा पनि डा. केसीको सर्मथनमा विभिन्न कार्यक्रमहरु एक पछि अर्को गर्दे भइरहेका थिए । विशेषत अमेरिकाको बोस्टनवाट उनको समर्थनमा भएको कार्यक्रम पछि न्यूर्योक, क्यालिफोर्निया, टेक्सास अनि अन्य भागहरुमा पनि फैलदै गएका थिए । पछिल्लो स्थितीमा अमेरिका का विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु पनि डा. केसीको सर्मथनमा खुलेरै लाग्न थालेका थिए । जसको फलस्वरूप नेपाल सरकारलाइ समेत दवाव पुगेको थियो । त्यसले गर्दा सरकार र केसीबीच सहमति भएर अनसन फिर्ता भएको छ । 
डा. केसीको हालैको सत्याग्रहका वारेमा केन्द्रित रहेर हिमालय खवरका तर्फवाट शरद पोखरेलले विभिन्न सरोकारवाला व्यक्तिहरु सँग लिएको प्रतिक्रियाहरु यहाँ प्रस्तुत गरिएको छ ।
 
डा. केशव पौडेल (अध्यक्ष, एनआरएनअमेरिका) 
पछिल्लो वर्ष पनि डा. केसीको आन्दोलनलाई एनआरएन अमेरिकाले समर्थन गरेको थियो । हामी अहिले पनि त्यहि कुरामा अडिग थियौ । डा. के.सी. को आन्दोलन नेपालको समग्र स्वास्थ क्षेत्रको विकासका लागी समर्पित आन्दोलन हो । यसैले एनआरएन अमेरिका र म व्यक्तिगत रुपमा पनि उहाँको सर्मथनमा थियौ । केहि राजनैतिक विषयहरुमा हाम्रो भिन्न विचार नभएका हैनन । तर समग्र स्वास्थ क्षेत्रको विकासका लागि गरिएको उहाँका मागहरु प्रति एक सच्चा नेपालीको नाताले हामीले नैतिक सर्मथन जनाएको हुँ । 
 
आनन्द विष्ट (अध्यक्ष, जनसम्पर्क समिति अमेरिका)
 नेपालको स्वास्थ क्षेत्रका माफियाहरु विरुद्धको पहिला पहिलाका आन्दोलनहरुलाई झै डा. केसी को यस आन्दोलनलाई पनि हाम्रो पूर्ण सर्मथन थियो । स्वास्थ क्षेत्रका विकृति एवं विसंगतिलाई डा. केसीको यस आन्दोलनले अर्को झटका हानेको छ । विद्यमान समस्याहरुको जरा देखिकै उल्मूलनका लागी विगत झै यो सत्याग्रहले पनि प्रसस्त नैतिक बल थपेको छ । नेपालको स्वास्थ क्षेत्रको विकृतिका विरुद्ध यस्तो कडा सत्याग्रह गर्ने डा. केसींको हरेक पाइलामा जन सम्पर्क अमेरिका सधै साथ रहेको थियो । 
 
 
हरिबोल भण्डारी (केन्द्रीय सदस्य जनसम्पर्क समिति अमेरिका)
 आन्दोलन नेपालको विद्यमान स्वास्थ क्षेत्रको विकृति र विसंगति प्रति लक्षित थियो । पछिल्लो पटक म नेपाल जादा पनि उहाँसँग प्रत्यक्ष भेट्न र स्वाथ विकृतिहरुका बारेमा कुरा गर्ने मौका पाएको थिए । उहाँ निष्ठावान व्यक्ति हो र उहाँको आन्दोलन स्वच्छ निष्ठा लक्षित छ । उहाँले हाल आन्दोलनमा उठाउनु भएको प्रायः मागहरु प्रति म पूर्णत समर्थन जनाउँछु । तथापि उहाँका कतिपय मागहरु प्रति भने उहाँ स्वयमले विचार गर्नुपर्ने खालका छन् । आज सरकारले उहाँको मागहरु पूरा गर्ने सहमति जनाएको छ । उहाँले अनसन तोडनु भएको छ । जुन खुशीको खबर हो । 
 
 
कृष्ण लामिछाने (अध्यक्ष, नेपाली समाज टेक्सास) 
नेपालीका स्वास्थ क्षेत्रका विकृति र विसंगति विरुध्द लड्ने पर्याय हुन गोविन्द केसी । उहाँमा यस्तो आत्मबल र नैतिकता छ, जसले समग्र स्वास्थ क्षेत्रको मात्र नभै नेपाल भित्रका सम्पूर्ण भ्रष्ट्राचारी माफियाहरुको मुटु हल्लाइदिन सक्छ । म उहाँका हरेक आन्दोलनहरुमा झैँ यस आन्दोलनमा पनि उहाँको साथमा थिए र छु पनि । 
नेपाली समाज टेक्सासले उहाँको आन्दोलनलाई सर्मथन गर्दै उहाँको जीवन रक्षार्थ कार्यक्रम गरिसकेको छ । आगामी दिनमा पनि परिस्थितीलाई मूल्याङ्न गर्दे हामी उहाँलाई साथ दिन तयार छौ । डा. केसीका सम्पूर्ण मागहरु प्रति हाम्रो पूर्ण सर्मथन थियो । हामी सधै उहाँको साथमा छौ ।
 
रोजर अधिकारी (अध्यक्ष- एएनए )
नेपालको स्वास्थ क्षेत्रको विकृति विरुद्ध लड्ने आँट गरेका हुनाले म उहाँको ठूलो प्रसंशक हुँ । यति भन्दा भन्दै पनि हरेक समस्याहरु भोक हडतालमै जोडनु हुदैन भन्ने मेरो मान्यता छ । यसैले डा. केसीले आगामी दिनहरुमा आफ्नो आन्दोलनको स्वरुप परिर्वतन गर्न म जरुरी देख्छु । 
 
 
 
 
 
कृष्ण धरावासी (लेखक – साहित्यकार) 
देशमा मौलाएको भ्रष्टाचार र विकृतिका विरुध्द डा. गोविन्द केसीको माग जाएज छन् । तत्काल पूरा गर्न सकिने मागहरु पूरा गरी अहिले पूरा गर्न नसकिने मागहरुका वारेमा छलफल गरिनु पर्छ । देश र जनताको हितका लागी डा. के.सी.को यो अनसन प्रति प्रत्येक नेपालीको समर्थन हुनु पर्छ । 
 
 
 
 
 
गिरिश पोखरेल (सल्लाहकार, नेपाल अमेरिका पत्रकार संघ) 
डा. गोविन्द केसीको मागप्रति समर्थन नजनाउने नेपालको संसद र त्यहाँका सभासदहरु देखिए । नेपाली मतदाताहरुले कति धेरै भ्रष्टहरु चुनेका रहेछौ भन्ने कुराको यो भन्दा ठूलो प्रमाण कुनै हुन सक्दैन । यसैले डा. केसीले उठाएका मागहरु प्रति हाम्रो पूर्ण समर्थन छ । चिकित्सा क्षेत्रका माफियाहरुलाई सरकारले निस्तेज पार्नु पर्छ ।