मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

अख्तियार घेराउ गर्न गएका चिकित्सकमाथि लाठीचार्ज

अख्तियार घेराउ गर्न गएका चिकित्सकमाथि लाठीचार्ज


काठमाडौँ । विगत दुई सातादेखि देखि आमरण अनसनमा बसेका शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीप्रति समर्थन जनाउँदै अख्तियार मुख्यालय घेराउ गर्न गएका चिकित्सकहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
 
चिकित्सा शिक्षा र सेवामा सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोगको माग गर्दै डा केसी शिक्षण अस्पतालमा आमरण अनसनमा छन् ।
 
सोलिडारिटी फर जिकेसी अलाइन्सले आयोजना गरेको घेराउका लागि अख्तियारको मुख्यालयतर्फ अघि बढेका प्रदर्शनकारी डाक्टरको समूहलाई प्रहरीले भाटभटेनीमै रोकेर लाठीचार्ज गरेको छ ।
 
प्रहरीले शिक्षण अस्पतालका रेजिडेण्ट डाक्टर बद्री अर्याल, सागर पोखरेल, विषद दाहाल, मिर्जा सिद्दीकी, बिक्रम ओली, पदम जोशीलगायत ९ जनालाई पक्राउ गरेको छ ।
 
डाक्टरहरुले लोकमानसिंह कार्की र अख्तियारको हर्कतविरुद्ध नारा 'सबै कुरा प्रष्ट छन् : अख्तियार भ्रष्ट छन्, आएमबीथ डा केसी, म पागल, म सिटामोलमा कमिसन होइन, गुणस्तर खोज्ने चिकित्सक चाहन्छु'लगायतका प्लेकार्ड र डा केसीको तस्बिर बोकेर प्रदर्शनमा उत्रिएका थिए ।