मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

तीजमा दर्शकलाई रमेशको ‘ब्रासलेट’ उपहार

तीजमा दर्शकलाई रमेशको ‘ब्रासलेट’ उपहार


फिल्म ‘ब्रासलेट’ समूहले बुधबार औपचारिक कार्यक्रम सहित नयाँ गीत सार्वजनिक गरेको  । आगामी भदौ १७ मा रिलिज हुन लागेको फिल्मका तीनवटा गीत बुधबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा देखाइयो । तीन मध्ये दुई गीत पहिले नै सार्वजनिक भइसकेका थिए । फिल्म तीजको छेकोमा रिलिज हुन लागेको हो । यो सँगै अन्य चार फिल्मले पनि सोही मितिमा रिलिज गर्ने घोषणा गरेका छन् ।
 
पुराना निर्माता केशव भट्टराईको निर्माण रहेको फिल्मलाई निर्मल शर्माले निर्देशन गरेका हुन् । शर्माले यसअघि ‘चक्लेट’ फिल्म निर्देशन गरेका थिए । यो फिल्मलाई अभिनेता रमेश उप्रेतीको ‘कमब्याक’का रुपमा पनि लिइएको छ । लगभग १२ वर्षको अन्तरालपछि उनी फिल्ममा नायकका रुपमा फर्किंदैछन् यही फिल्मबाट । उनी बीचको समयमा अमेरिका बसेका थिए ।
 
स्थापित निर्माता केशव भट्टराई र जमानाका हिट कलाकार रमेश उप्रेतीसँग मिलेर फिल्म बनाउन पाएकोमा निर्देशक शर्माले खुसी व्यक्त गरे । ‘दर्शकले यो फिल्मबाट पूर्ण मनोरञ्जन हासिल गर्नेछन्,’ उनले भने । उनका अनुसार थ्रिलर लभस्टोरी ‘ब्रासलेट’मा एक्सन, ड्रामा, सस्पेन्स सबै समावेश छन् ।
 
कार्यक्रममा सञ्चारमन्त्री शेरधन राईले फिल्मले बजारमा आपूmलाई बलियो प्रतिस्पर्धी र लोकप्रिय बनाउने विश्वास प्रकट गरे । आपूm नेपाली फिल्मको विकासका लागि ठोस योजना बनाउन लागिपरेको अवगत गराउँदै उनले आफ्नो अभियानमा सघाउन फिल्मकर्मीसँग आग्रह समेत गरे ।
 
सुदीप बरालको छायांकन, ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, विपिन मल्लको सम्पादन, गोविन्द राई र कविराज गहतराजको नृत्य, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको ‘ब्रासलेट’मा रजनी केसीले रमेश उप्रेतीको जोडी भएर अभिनय गरेकी छन् । फिल्मको पटकथा जया ओझाले लेखेकी हुन् ।