मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

गरिमा बिना सुनसान ‘तीन घुम्ती’

गरिमा बिना सुनसान ‘तीन घुम्ती’


नेपाली साहित्यकै दमदार कृति मध्ये एक मानिन्छ ‘तीन घुम्ती’ । यस्तो दमदार  कृतिमा फिल्म बन्दा यसको पनि त्यत्तिकै चर्चा हुनुपर्ने हो । तर खै किन हो असार १७ मा रिलिज हुन लागेको यो फिल्मको खासै चर्चा छैन । निर्माता निर्देशकले माया मारे जस्तै छ यो फिल्मलाई । चर्चामा नआउने धेरै कारण मध्ये एउटा चैं फिल्ममा काम गर्ने कलाकारको अनुपस्थिति नै हो । 
 
फिल्ममा गरिमा पन्त, सुशान्त कार्की र धु्रव दत्तको मुख्य भूमिका रहेको छ । गरिमा विवाह गरेर बेल्जियम सेटल भइन् भने बेलायत बस्ने ध्रुव दत्त चिनिएका नाम होइनन् । त्यस्तै अवस्था सुशान्तको पनि हो । सस्ता फिल्ममा संघर्ष गर्दै आएका सुशान्तलाई दर्शकले राम्ररी चिन्न पाएका छैनन् । दर्शकले चिनेकी गरिमा मात्र हुन् । तिनै गरिमा पनि देशमा नभएपछि निर्माण पक्षसँग बीपीको नाम बाहेक फिल्मको प्रचारका लागि केही पनि छैन । 
 
त्यसमाथि फिल्म निर्माण कम्पनीले प्रचार प्रसारमा पनि खास ध्यान नदिँदा ऐतिहासिक फिल्म चुपचाप रिलिज हुने संघारमा छ ।