मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

पत्रकारसामु ‘गाजालु’ हिरोइनको आक्रोश : मैले के पढ्दैछु थाहा छ ? (भिडियो सहित )

पत्रकारसामु ‘गाजालु’ हिरोइनको आक्रोश : मैले के पढ्दैछु थाहा छ ? (भिडियो सहित )


फिल्मसम्बन्धि कार्यक्रम प्राय राजधानीमै भइरहन्छन । यस्ता कार्यक्रममा हुने केहि आसमञ्जस्यता, विवाद र असन्तृष्टिका कुराहरु पनि राजधानीबाटै सुनिन्छन । बिगतमा राजधानीका विभिन्न सार्वजनिक समारोहमा हिरोइनहरुले पत्रकारमाथि लाञ्छना लगाउदै गाली गरेको दृश्य पनि हामीले देखैकै हौ ।
 
तर मोफसलमा आक्कलझुक्कल हुने फिल्मी कार्यक्रममा कहिलेकाँहि यस्तो दृश्य देखिदो रहेछ । प्रसंग सोमबार नारायणगढमा फिल्म ‘गाँजालु’ टीमले गरेको पत्रकार भेटघाटको । शहरको इन्द्रदेव हलमा कलाकार र दर्शक सँगै बसेर फिल्म हेर्ने कार्यक्रम रहेको भन्दै पत्रकारहरुलाई डाकिएको थियो । जिल्लाका दर्जन बढि पत्रकार हलमा पुगे । फिल्मका निर्देशकसहित अधिकांश कलाकार उपस्थित रहेकाले पत्रकारसँग अन्तरक्रियात्मक कार्यक्रम राखियो । निर्देशक हेमराज बिसी, हिरो गौरव पहारी, हिरोइन सृष्टि श्रेष्ठ, हिरो सलोन बस्नेतलगायत क्रमैसँग बसेका थिए ।
 
पत्रकारहरुले फिल्मसम्बन्धि जिज्ञासा राख्दै थिए । निर्देशकले जवाफ दिदै गए । पालो हिरोइनको आयो । हिरोइन लक्षित प्रश्नले कार्यक्रमको माहोल नै स्तब्ध बनायो । पत्रकारले प्रश्न सोधेका थिए कि ‘मिस नेपाल भइसक्नुभएका तपाई त्यहि चर्चा टिकाइराख्न फिल्मतिर आउनुभाको हो ?’ यस्तै आशयको प्रश्न आएपछि सृष्टि एकाएक आक्रोशित भइन् । उनले जवाफ दिन आवश्यक ठानिनन्, उल्टै प्रतिप्रश्न गरिन्- ‘मेरो बारेमा के रिसर्च गर्नभाछ? मेरो बारेमा के थाहा छ ?’
 
उनले आफ्नो बारेमा बुझेर मात्रै प्रश्न गर्न पनि भनिन् । उनले पत्रकारको प्रश्न सोध्ने शैली नै गलत भएको आरोप लगाइन । पत्रकारहरु आसमञ्जस्यमा परे । कतै गलत प्रश्न पो गरियो कि पत्रकारमाझ गाँइगुई चल्यो । तर प्रश्न सामन्य नै थियो । सृष्टि झंगिएपछि पत्रकारले उनलै दोहोरो प्रश्न गर्ने आँट पनि गरेनन् । हिरोइनको बाँयातिर बसेका सलोन टाउको निहुराएर चूप थिए, दाँयातिरका गौरवले पनि मुख खोलेनन् उनी पत्रकारलाई शान्त भइदिन इसारा गर्दै थिए । निर्देशक बिसीले एकनासको मुस्कान छाडिरहे । फिल्मका अरु टीम पनि मौन नै रहे । Gajalu1केहि बेर पछि सृष्टिले आफुलाई सम्हाल्न खोजिन् । पत्रकारले सधै आफुलाई नकरात्मक तवरले प्रश्न गर्ने गरेको बताइन् । उनले आफु रहरले टाइमपासको लागि फिल्म नखेलेको प्रस्ट्याइन् । आफुले दुई बर्ष बेलायतमा अध्ययन गरेको र मण्डलामा अभिनय पनि सिकेको बताइन् । भविष्यमा फिल्ममै स्थापित हुने उनले उल्लेख गरिन् ।
 
सृष्टिको यो ब्यवहारले भने पत्रकार चिडिए । ‘गाजालु’ हिट भएसँगै हिरोइनमा बढि नै घमण्ड भएको पनि पत्रकारहरुले लख काटे । चितवनमा क्रियाशिल केहि रंगपत्रकारले यस्तो ब्यवहारले सृष्टि इन्डष्ट्रि लामो समय नटिक्ने समेत बताए ।
 
वास्तवमा सृष्टिको यो ब्यवहार साच्चै असहज देखिन्थ्यो । गाजालु हिट भए पनि यसको श्रेय सृस्टिलाई भन्दा अनमोल केसीलाई नै गइरहेको छ । अनमोल भएकै कारण फिल्म हिट भएको पनि अहिले चर्चा छ । फिल्ममा पनि सृष्टिको भन्दा सलोन, मेनुका र गौरवकै कामको तारिफ बढि छ । तसर्थ पहिलो फिल्म हिट हुदैमा ओभरएक्साइटेड हुनु र मिडियासँग दुरी बढाउनु सृष्टिको लागि फलदायि नहुन सक्छ ।